Prakash Adhikari March 12, 2021

 

काठमाडौं, २८ फागुन । आज कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता हुने भएको छ ।

भेटवार्ता नेपाली काग्रेसका सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा हुने भएको छ । जसपा नेताहरुले शुक्रबार अपरान्ह ४ बजे भेट्ने समय लिएको कांंग्रेस सभापति देउवावका स्वकीय सचिव भानु देउवाले बताउनुभएको छ ।

जसपा शीर्ष नेताहरुको बिहीबार बसेको बैठकले नयाँ सत्ता समीकरणका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम जसपा नेताहरुले बिहीबार साँझ प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरु छलफल गरेका थिए।
एमालेसँगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दुवैतिरका नेताहरुले दिएका छन्।

त्यस्तै दलको नेता चयन गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने भएको छ।

बैठकमा संसदीय दलको विधान र नेता चयन गर्नेबारे छलफल हुने छ।

 

Share Now

Leave a comment.