Prakash Adhikari February 8, 2018

काठमाडौं, २५ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहिबार एक घन्टाबढी ‘वान टु वान’ वार्ता भएको छ।

भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष ओली र प्रचण्डबीच ललितपुरको मानभवनका एक शुभचिन्तकको घरमा करिब सवा घन्टा ‘वान टु वान’ वार्ता भएको हो।

भेटवार्तामा पार्टी एकता, नयाँ सरकार गठन,प्रदेश सरकार गठन र राष्टपति तथा उपराष्टपति र सभामुख तथा उपसभामुख र राष्टिय सभाका अध्यक्ष एवम् उपाध्यक्षका सम्बन्धमा छलफल भएको बताइएको छ ।

दुवै नेताले सहयोगीसमेत नलगी मानभवको एक घरमा भेटवार्ता गरेका हुन्। राष्ट््िरय सभाकोप्रचण्ड र ओलीको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ।

दुई पार्टी एकताका लागि बनेको संयोजन समितिले एकताका विषयमा निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई दिइसकेको छ।

Share Now

Leave a comment.