Prakash Adhikari April 2, 2021

फुड.लिड.(ताप्लेजुड.), २० चैत्र । नेकपा (एमाले(का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसदमा विश्वासको मत लिने जानकारी दिनुभएको छ ।

ताप्लेजुड. जिल्लाको फुङ्लिङमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावि समेत गर्नुभयो । प्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बतानुभयो ।

उहाँले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताउनुभयो ।

Share Now

Leave a comment.