Prakash Adhikari April 2, 2021

 

काठमाडौं, २० चैत्र । नेपाली काङ्ग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल सुरु गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार अपरान्ह बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्रबारको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय भएको बताउनुभएको थियो ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच राजनीतिक निकासका बारेमा छलफल भएको थियो ।

नेताहरुबीचको सहमतिपछि बैठक सुरु भएको थियो र केन्द्रीय कार्यसमितिको बैठकमा त्यही प्रस्ताव आएको ती नेताले जानकारी दिए ।

Share Now

Leave a comment.