Prakash Adhikari April 8, 2021

काठमाडौं, २६ चैत्र । सत्तारुढ नेकपा एमालेभित्रको संस्थापन र सरकारसंग असन्तुष्ट समूहले सुदूरपश्चिम प्रदेशमा पार्टीका अलग्गै समानान्तर समिति बनाएको छ।

शीर्ष नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालद्धारा नेतृत्व गरिएको सो समूहले पार्टीका उपाध्यक्ष डा. भीम रावलको संयोजकत्वमा सुदूर प्रदेश कमिटी घोषणा गरेको हो।

सोमबार र मंगलबार दुई दिन भएको भेलाले सुदूरपश्चिमका नौमध्ये ८ जिल्लामा नेपाल पक्षले अध्यक्ष पनि तोकेको छ।

भेलाले कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह, बाजुरामा गगन रावललाई संयोजक तोेकेको छ । दार्चुलामा संयोजक तोक्न बाँकी रहेको जनाइएको छ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*