Prakash Adhikari April 10, 2021

 

चेन्नाई(भारत), २८ चैत्र । शुक्रबारदेखि सुरुभएको १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा साविक विजेट मुम्बई इण्डियन्सलाई बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोरले २ विकेटले पराजित गरेको छ ।

चेन्नाईको एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा १ सय ६० रनको मध्यम लक्ष्य पछ्याएको बैंगलोरले खेलको अन्तिम बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

बैंगलोरको ब्याटिंगमा एबी डी भिल्लियर्सले सर्वाधिक ४८, ग्लेन म्याक्स्वेलले ३९ तथा कप्तान बिराट कोहलीले ३३ रन बनाए। त्यस्तै वाशिंटन सुन्दरले १०, रजत पातिदारले ८, हर्षल पटेल र क्याएल जेमिन्सनले ४।४, सहजाद अहमल र दान क्रिस्चियनले एक एक रन बनाएका थिए ।

बैंगलोरलाई रोक्ने क्रममा मुम्बईको बलिंगमा जस्प्रित बुम्राह र मार्को जान्सेनले समान २ । २ तथा क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले समान १ । १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनाउँदै बैंगलोरलाई १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

मुम्बईको ब्याटिंगमा ओपनर क्रिस लिनले सर्वाधिक ४९, सूर्यकुमार यादवले ३१, इशान किशनले ३१, कप्तान रोहित शर्माले १९ तथा हार्दिक पांड्याले १३ रन बनाएका थिए । त्यस्तै कैरन पोलार्ड र कुनाल पाण्डेयले ७ । ७ रन बनाए भने जसप्रित बुम्राहले एक रन बनाए ।
रोहित शर्माको नेतृत्वमा रहेको साविक उपाधि विजेता मुम्बईलाई रोक्ने क्रममा विराट कोहली नेतृत्वको बैंगलोरका कायल जेमिसन र वासिंगटन सुन्दरले समान १ विकेट लिएका थिए ।

लिग अन्तर्गत दोस्रो खेलमा आज शनिबार महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्स र ऋषभ पन्त कप्तानीको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ।

खेल नेपाली समय अनुसार रातिको ७ः ४५ बजे मुम्बईस्थित वानखाड़े स्टेडियममा सुरु हुनेछ।

 

Share Now

Leave a comment.