Prakash Adhikari April 10, 2021

काठमाडौं, २८ चैत्र । पहिलो ललितपुर मेयर्स महिला च्याम्पियनसिप २० प्रतियोगिताको आज फाइनल खेल हुँदैछ ।

लिग चरणको खेलमा विजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा सुदूरपश्चिमले फाइनलमा स्थान बनाएका छन्।

पाँच टिमहरु सम्मिलित प्रतियोगितामा लिग चरणका चारवटै खेलमा अपराजित कीर्तिमान कायम गर्दै सशस्त्र प्रहरी बलकोे एपीएफ ८ अंकसहित फाइनलको यात्रामा पुगेको हो भने सुदूरपश्चिमले सशस्त्र बाहेकका अन्य टिमलाई पराजित गर्दै तीन जितमा ६ अंक बटुलेर फाइनल प्रवेश सुनिश्चित गरेको हो ।

प्रतियोगितामा प्रदेश १ ले चार खेलमा दुईमा जीत र दुईमा हार ब्यहोर्दै ४ अंक हासिल गरेको थियो भने ललितपुर मेयर्स एघारले चार खेलमा एक खेलमा विजय निकाल्दै २ अंक हासिल गरेको थियो ।

खेलमा लुम्बिनी प्रदेशको प्रतियोगिताका ४ वटा खेलमा जित निकाल्ने प्रयास असफल रह्यो ।

 

 

Share Now

Leave a comment.