• आशा खबर
  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापन
  • सम्पर्क
  • Unicode Converter
Aasha News
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य खबर
    • राजनीति
    • स्वास्थ्य
    • खेल
    • निगरानी
    • न्यायिक
    • प्रवास
    • पर्यटन
    • स्वास्थ्य
    • शिक्षा
    • दुर्घटना
    • अपराध
    • मनोरञ्जन/साहित्य
    • विविध
    • प्रदेश, जिल्ला र पालिका समाचार
    • मुख्य खबर
    • राजनीति
    • रोजगारी
    • आशा भिडियो च्यानल
  • विश्व
  • आर्थिक
  • दृष्टिकोण
  • मनोरञ्जन/साहित्य
  • रोचक
  • खेल
  • English

You are here:

  • Home
  • मुख्य खबर
  • काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’ ; तेह्रौ महाधिवेशनमा थिए ४ लाख ९० हजार

काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’ ; तेह्रौ महाधिवेशनमा थिए ४ लाख ९० हजार

Prakash Adhikari April 29, 2021

–भीष्मराज ओझा

काठमाडौँ, १६ वैशाख (रासस) । नेपाली काँग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो ।

निर्धारित समयको राति १२ बजेसम्म वेबसाइटमा सात लाख ५३ हजार ३४४ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको र त्यसमध्ये नयाँ तीन लाख ८९ हजार ४५१ तथा नवीकरण तीन लाख ६३ हजार ८९३ रहेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले राससलाई जानकारी दिनुभयो । पार्टीको निर्णयअनुसार नै वैशाख १५ गते राति १२ बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द भएको छ ।

कतिपय जिल्ला कार्यसमितिले राति १२ बजेसम्म पनि क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ गरिरहेको र समयावधि थपका लागि आग्रह गरे पनि ‘सिस्टम’ स्वतः बन्द भएको उहाँले बताउनुभयो । क्रियाशील सदस्यता ‘इन्ट्री’ गर्दागर्दै बाँकी रहेका जिल्ला कार्यसमितिका हकमा केन्द्रबाटै केही गर्न सकिने सचिव रिजालले बताउनुभयो ।

यसबाहेक पार्टीका बारा, सिन्धुपाल्चोक र सप्तरी जिल्ला कार्यसमितिका क्रियाशील सदस्यताको विवरण भने ‘इन्ट्री’ हुन बाँकी छ । बारा र सिन्धुपाल्चोकमा नेपालको संविधानअनुसार पार्टीको संरचना समायोजन प्रक्रिया नै विवाद रहेको तथा सप्तरीमा भने क्रियाशील सदस्यताको प्रक्रिया ढिला शुरु भएको थियो । यी सबै जिल्लाका हकमा वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा ‘इन्ट्री’ गरिसक्नुपर्ने केन्द्रीय समितिको निर्णय छ ।

काँग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाइ सक्नुपर्ने तालिका निर्धारण गरेको छ । सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गरिने छ ।

सो बैठकले अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका सदस्यको क्रियाशील सदस्यता फारम वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फाराम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्नेे निर्णय गरेको थियो ।

काँग्रेसले विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने यसमा समावेश गरेको छैन । जनसम्पर्क समितिका क्रियाशील सदस्यताको विवरण पार्टीको वेबसाइटमा ‘इन्ट्री’ नगरी छुट्टै तरिकाले केन्द्रीय कार्यालयमा प्राप्त हुने सचिव रिजालले जानकारी दिनुभयो । पार्टीको १३औँ महाधिवेशनमा १८ जनसम्पर्क समितिले भाग लिएको र ती जनसम्पर्क समितिमा करिब २५ हजार क्रियाशील सदस्यता रहेको थियो । हाल काँग्रेसका जनसम्पर्क समितिको सङ्ख्या विस्तार भई ३६ पुगेको छ ।

काँग्रेसले १३औँ महाधिवेशनमा चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म सो सङ्ख्याको शतप्रतिशत थप्न पाउने व्यवस्था गरेको थियो । क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेबसाइटमा अपलोड गर्ने व्यवस्था गरिएको छ । पार्टीको नियमावलीबमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० रहेको छ ।

काँग्रेसको विधान, नवौं संशोधन (विसं २०७५ फागुन १२ गते)मा साधारण सदस्य र क्रियाशील सदस्य गरी दुई किसिमका सदस्यताको व्यवस्था गरिएको छ । काँग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिएबमोजिमको आवेदन फाराम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमितिको कार्यालयमार्फत तोकिएबमोजिमको शुल्कसहित आवेदन गर्नसक्ने व्यवस्था छ ।

काँग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

 

Share Now

Post navigation

२४ घण्टामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु ! संक्रमितको संख्या झण्डै ५ हजार !! काठमाडौं उपत्यकामा कुल १ हजार ५ सय ६१ जनामा संक्रमण !!!
माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी प्रवाह शुरु ; पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन हुने

Leave a comment.

You must be logged in to post a comment.

ताजा समाचार

  • सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै
  • डा चन्द्रप्रसाद गुरुङको ‘अन्नपूर्णको स्याहार’ पुस्तक लोकार्पण
  • नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै
  • कर्णाली सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
  • बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

दृष्‍टिकोण

अन्नपूर्ण आरोहण दिवसः गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको दिन

विष्णु नेपाल र वासुदेव पौडेल/रासस गण्डकी, २० जेठः विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको […]

Prakash Adhikari June 3, 2026

लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव

Prakash Adhikari May 29, 2026

कीर्तिमानले गौरवान्वित बनाएको सगरमाथा दिवस

Prakash Adhikari May 29, 2026

गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा

Prakash Adhikari May 26, 2026

रोजगारी

श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेठः सरकार आगामी आर्थिक वर्षको लागि श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री […]

Prakash Adhikari May 30, 2026

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

Prakash Adhikari January 8, 2026

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

Prakash Adhikari November 28, 2025

मलेसियाको रोजगारी फेरी धरापमा, प्रस्तावित वैदेशिक रोजगारी मापदण्ड स्वीकार गर्न नसकिने सरकारको जवाफ

Prakash Adhikari November 4, 2025

Follow Us पेज लाइक गर्नुहोस

Tweets by AashaNews

विविध

भोजपुरको छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला ; पाखाभरि सुन्तलाका बगान विस्तार

भोजपुर, २२ जेठः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने […]

Prakash Adhikari June 5, 2026

मौसम पूर्वानुमान: आज हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

Prakash Adhikari June 4, 2026

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

Prakash Adhikari June 2, 2026

छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

Prakash Adhikari June 1, 2026

English

Mt. Everest (Sagarmatha) Day being marked today in Nepal with various programmes

Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]

Prakash Adhikari May 29, 2026

Record 274 climbers scale Everest via Nepal in one day

Prakash Adhikari May 24, 2026

Kanchha Sherpa, a member of first successful Everest expedition, passes away

Prakash Adhikari October 16, 2025

‘diamond jubilee of Mt Annapurna first ascent: Marathon to be organized at Annapurna base camp

Prakash Adhikari May 26, 2025

Adventure half marathon to be held in Kanchenjunga base camp

Prakash Adhikari February 17, 2025

The Soaltee Hotels & Resorts Expands Its International Presence in Frankfurt, Germany

Prakash Adhikari January 9, 2025

Follow Us पेज लाइक गर्नुहोस

Aasha News

आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले
आशा मिडिया प्रा. लि. को स्थापना भएको हो ।

हाम्रो-टिम

  • संस्थापक अध्यक्ष : विश्वनाथ दाहाल
  • प्रधान सम्पादक : प्रकाश अधिकारी
  • कानुनी सल्लाहकार : विद्याकान्त अधिकारी

सम्पर्क ठेगाना

  • आशा मिडिया प्रा. लि. का लागि अध्यक्ष प्रकाश अधिकारी द्वारा प्रकाशित
  • +९७७ (०१) ४४२८१२८, ९८५११११२५३
  • info@aashanews.com
  • कामनपा – २६, सामाखुशी काठमाडौं ।

© २०१७, आशा मिडिया प्रा. लि. मा सुरक्षित. Regd No:712 -2074/75