Prakash Adhikari May 14, 2021

 

काठमाडौँ, ३१ बैशाख । पूर्वरानी कोमल शाह र उहाँकी सुपुत्री पूर्वअधिरिाजकुमारी प्रेरणा शाह कोरोनामुक्त भएर निवास फर्कनुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्रसहित उहाँहरु दुवै जना कोरोना संक्रमण भएपछि बैशाख ७ गते नर्भिक इन्टरनेशल हस्पिटलमा भर्ना हुनुभएको थियो ।

अस्पतालले पूर्वरानी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

पूर्व राजा शाह भने कोरोनामुक्त भएर दुईदिन पहिले बैशाख २९ गते नै निवास फर्किसक्नुएको थियो ।

उपचारार्थ भर्ना भएपछि पूर्व राजा र छोरीको अवस्था सामान्य भएपनि पूर्वरानीको अवस्था जटिल हुँदै गएपछि उहाँलाई आईसियूमा सारेर प्लाज्मा थेरापी विधिवाट उपचार गरिएको थियो ।

भारतमा यसै बर्ष आयोजित कुम्भ भेलाको शाही स्नानमा सहभागी हुन जानुभएका पूर्वराज दम्पत्तिलाई त्यही कोरोनाको संक्रमण परेको आशंका गरिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्रद्धारा उपचारमा संलग्न स्वास्थ्यकर्मी,अस्पताल व्यवस्थापन र स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहने सबै शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्नुभएको छ।

Share Now

Leave a comment.