काठमाडौं, १ जेठ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमणमा परेकाहरुको उपचार र रोकथाममा खटिएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुको समर्पणको सराहना गर्नुभएको छ ।
https://t.co/VCG5ujauH3 via @FacebookWatch
— Prakash Adhikari (@Prakash82846939) May 15, 2021
स्वास्थ्योपचारको सिलसिलामा जापानमा रहनुभएकी डा. देउवाले शनिवार एक भिडियो सन्देशबाट कठिन अवस्थामा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकहरुको कामको प्रशंसा गर्नुभएको हो ।
आफू तीन महिनापछि अस्पतालको बेडबाट बाहिर निस्किएको बताउदै कांग्रेस नेतृ राणाले समाजसेवी भएको नाताले आफूले आवश्यकतामा परेका नेपालीहरुलाई सक्दो सहयोग सधैभरी गरिरहने बचनबद्धता पनि प्रकट गर्नुभएको छ ।


















