काठमाडौं, १ जेठ । शनिवार नेपालमा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ भने थप १ सय ८७ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पीसीआर विधि र एन्टिजन विधिबाट १८ हजार ५ सय ४८ जनाको स्वाब परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शनिवार पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
शनिवार काठमाडौं २ हजार १ सय ४६ जना, ललितपुरमा ४ सय ४४ जना र भक्तपुरमा ३ सय ७४ जना सङ्क्रमित थपिएका छन्।

केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।
बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५ हजार ४ सय ५५ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि एक लाख नौ हजार ७ सय ४० जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि कोभिडका कारण कुल ४ हजार ८ सय ५६ जनाको मृत्यु हुँदा उपत्यकामा १ हजार ६ सय १५ जनाले ज्यान गुमाएका छन्।
अहिले विभिन्न स्थानमा ७ हजार ९ सय ६९ जना बिरामी संस्थागत आइसोलशनमा छन्।
तीमध्ये १ हजार ३ सय ३१ जना बिरामी आईसीयूमा र ३ सय ७० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोभिडका कारण दैनिक मृत्यु । विसं २०७८ वैशाख १ गतेदेखिको दैनिक पुष्टि सङ्ख्या।
नेपालमा शय्या र आईसीयू
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८ हजार ९ सय १७ छ।
देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १ हजार ४ सय ८६ र भेन्टिलेटरको सङ्ख्या ६ सय ३४ छ।
कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो


















