Prakash Adhikari May 22, 2021

हंगकंग(चीन), ८ जेठ (सीएनएन) । चीनले मंगल ग्रहमा अवतरण गराएको झुरोड. नामक यानले शनिबार पहिलो गुडान सम्पन्न गरेको छ ।

संयुक्त राज्य अमेरिका पछि पृथ्वीको नियन्त्रण कक्षबाट मंगलमा अवतरित यानलाई गुडाउने सफलता पाउने चीन दोस्रो राष्ट्र हो । यस पहिले नासाका वैज्ञानिकहरुले संयुक्त राज्य अमेरिकाले मंगलमा अवतरण गराएको पर्सिभरेन्स नामक यान सफलतापूर्वक गुडाएका थिए ।

यो २ सय ४० किलोग्राम (५ सय २९ पाउण्ड) भार भएको छ पाड.ग्रे यान मे १५ मा मंगलग्रहमा अवतरण गरेको थियो । यसलाई कम्तिमा ३ महिना मंगलमा राखेर त्यहाँ जीवनको अस्तित्व थियो वा थिएन र अव संभव छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने काममा उपयोग गराइने चिनिया अधिकारीहरुले जनाएका छन् ।

चिनिया भाषामा आगोको देवता मानिने अर्थ बोकेको झुरोड. मंगलग्रहको यूटोपिया प्लान्टिनिया क्षेत्रमा अवतरण गरेको थियो । यो समथर क्षेत्रबाट झुरोड.ले अवतरण गरेको ४ दिनमा मे १९ मा त्यहाँको पहिलो तस्विर पठाएको थियो ।

मंगल ग्रहमा हालसम्म अमेरिकाले ९ वटा यान सफलतापूर्वक पठाएको छ र  त्यस रातो ग्रहको सतहको अध्ययन गनै ५ वटा यान पठाएको छ ।

चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले पनि झुरोड. यान मंगलमा गुडेको र यसले चीनको पदचिन्ह मंगलमा छाड्न सफल भएको उल्लेख गरेको छ ।

झुरोड.ले मंगलमा पत्ता लगाएका विवरण र तस्विरहरु मंगललाई परिक्रमा गर्ने तियानवेन १ नामक अर्विटरमार्फत पृथ्वीमा आउने छ । यसको लक्ष्य पूरा भएपछि अर्विटरले मंगलको एक बर्षसम्म( पृथ्वी ६८७ दिन) सम्म सर्वेक्षण गर्नेछ ।

तियानवेन १ अन्तरिक्ष यान २०२०को जुलाई २३मा हाइनान प्रान्तको वेन्चेन अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लंगमार्च ५ रकेटमार्फत प्रक्षेपण गरिएको थियो । गत फेब्रुअरीमा मंगलको कक्षमा प्रवेश गर्नुपहिले यसले अन्तरिक्षमा ७ महिना भ्रमण गरेको थियो ।

चिनिया भाषामा तियानवेनको अर्थ “स्वर्गीय सत्यको खोज” भन्ने हुन्छ ।

गत बर्षका गृष्ममा मंगल ग्रहको अन्वेषणमा तीनवटा अन्तरिक्ष यान प्रक्षेपण गरिएको थियो । जसमध्ये नासाको पर्सिभरेन्स रोभर फेब्रुअरीमा मंगलमा अवतरण गरेको थियो भने संयुक्त अरब इमिरेट्सले पठाएको होप नामक अन्तरिक्ष यान भने सतहमा अवतरण गर्ने छैन् । यसले ग्रहको निकटबाट परिक्रमा गरी मंगलको अध्ययन गर्नेछ ।

 

 

Share Now

Leave a comment.