काठमाडौं, २७ जेठ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।
निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो ।
उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँको भक्ति सूत्र, श्रीमद्भागवत गीता मैले बुझेका केही कुरा,पतञ्जली योगशास्त्र लगायत पुस्तकहरु आध्यात्मिक झुकाव भएका नेपालीहरुले धेरै मन पराएका पुस्तकमा पर्दछन् ।
नेपालको निजामती प्रशासनमा आदर्शका रुपमा रहनुभएका अधिकारी सादा जीवन र उच्च विचारका धनी मानिनुहुन्थ्यो ।
उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँको आजै आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।


















