Prakash Adhikari June 18, 2021

काठमाडौं, ४ आषाढ । तिब्बतमा उद्गम भएर नेपाल झरेका सिन्धुपाल्चोकको भोटेकोशीमा जलसतह खतराको स्तरमा पुगेको बताइएको छ भने  दोलखाको तामाकोशीको बहाव पहिरको कारण थुनिएको जनाउदै जिल्ला प्रशासन कार्यालय दोलखाले तल्लो तटीय क्षेत्रमा नदी किनारामा रहेका बस्तीका नागरिकहरुलाई  सतर्क रहन सूचित गरेको छ।

शुक्रबार राति विज्ञप्ति जारी गर्दै दोलखा जिल्ला प्रशासनले नेपाल(चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको  जनाएको छ । उसले कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सबैलाई सचेत गराएको हो।

प्रशासनले नेपाल चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन पनि सूचित गरेको छ।

‘खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानुहुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिन्छ’, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भोटेकोशीमा जलसतह खतराको बिन्दुतिर

यसैबीच जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले राती ९ ः ५० मा एक बुलेटिन जारी गर्दै सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसेस्थित भोटेकोशी नदीमा जलसतह सतर्कता तह आसपास रहेकोले नदी तटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्क रहन सचेत गराएको छ ।

 

Share Now

Leave a comment.