हेलम्बु(सिन्धुपाल्चोक), ६ आषाढ । हेल्म्बु गाँउपालिकाको भेमाथाड.मा गएको पहिरोले मेलम्ची नदी थुनिएर जमेको ताल विष्फोट भएपछि मेलम्चीमा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पुर्याएको जनधनको क्षतिको छैठौ दिन वेपत्ता भएकाहरुको खोजी र बाढीले घर उजाड बनाएकाहरुलाई राहत वितरणको काम सुरु भएको छ ।
यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभएको छ ।
योसहित बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।
हेलम्बु र मेलम्चीमा राहत वितरण सुरु
सरकारी प्रयासको राहत वितरण सुरु नभएपनि सामाजिक संस्थाहरु र राजनीतिक दलहरुले बाढी पीडितहरुलाई राहत वितरणको काम सुरु गरेका छन् ।
यसैक्रममा हेल्प नेपालभन्ने संस्थाले जुटाएको राहत सामग्री नेपाली सेनाको हेलिकोप्टरले हेलम्बु गाउँपालिकाका अन्तरगतका बाढीपीडित क्षेत्र तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ,लगायतका क्षेत्रमा पुर्याएको छ ।
The relief packages has successfully reached to Helambu Rural-municipality. It was only possible with the help of Nepal Army who helped to take the packages in the affected area.#disasterresponse #disasterrelief pic.twitter.com/mlhRmR25GF
— HELP NEPAL Network (@helpnepalnet) June 19, 2021
त्यस्तै हाम्रो जन्मभूमि संस्था र मानव सेवाको सहयात्री संस्थाले संयुक्त रुपमा हेलम्बुका बाढीपीडित करीब ४० घरपरिवारलाई राहत वितरण गरेको छ ।
संस्थाले हेलम्बु –७ को चनौटे बजारलगायत आसपासका ती घरपरिवारलाई एक बोरा चामल, दुई लिटर तेल, दुई केजी दाल, दुई केजी चिनी, १५ केजी चिउरा, नुन, तेल, चियापत्ती, साबुनलगायत विभिन्न सामग्री वितरण गरिएको थियो ।
उक्त संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले गाउँका स्थानीय जनप्रतिनिधि वडा सदस्य जीतबहादुर तामाङ कार्यपालिका सदस्य लक्ष्मी सुनुवार स्थानीय स्वयम्सेवक सोम तामाङ र प्रहरीको रोहवरमा बाढीपीडित परिवारलाई राहत वितरण गरिएको थियो ।

करीब दुई लाख बराबरको रकमको राहत सामग्री वितरण गरिएको थियो । सहयात्री संस्था सिन्धुपाल्चोकमा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो । देशैभरि रहेका विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ ।
Helping hands for flood and landslide victim/survivors: Relief distribution at Melamchi Municipality from GTA pic.twitter.com/EWcPJDRVkI
— GTA Nepal (@NepalGTA) June 19, 2021
यस्तै जीटीए नेपालले पनि सो स्थानमा राहत सामग्री वितरण गरेको छ । यस्तै अक्सिजन फर नेपालले मेलम्ची र हेलम्बुका २ सय परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
We have dispatched more relief of essentials for flood-victims in Helambu, Sindhupalchowk. Our gratitude to our supporters who have helped us gather mosquito nets, tarpaulins, polar blankets, water purifiers, and hygiene and medical kits. pic.twitter.com/EUuFV4aeAP
— Oxygen For Nepal (@OxygenForNepal) June 18, 2021
#RoadToRelief@creasionorg in collaboration with Nepal Share, @beartsyNGO and other anonymous individual supporters have dispatched relief of essentials for 200 flood affected families of Melamchi, Sindhupalchowk. pic.twitter.com/tL2OhEWMzO
— Oxygen For Nepal (@OxygenForNepal) June 17, 2021
यस्तै सत्तारुढ नेकपा एमालेको भातृसंस्था अनेरास्ववियूले मेलम्चीका बाढी पीडितहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।
अनेरास्ववियु टिम
राहत र मेडिकल टिमसहित बाढी प्रभावित् क्षेत्र मेलम्चीमा. @Ain34562 @MaheshBartaula @sunitabrt @rcakhil2022 @NareshRokaya99 @asmitathapa52 pic.twitter.com/G869oUmuJL— PRAKASH KUNWAR (@Kunwarprakash20) June 16, 2021
नेपाल सुन्दरी अनुष्का श्रेष्ठले झण्डै ३ लाख रुपैया(२५०० डलर) बराबरको स्वास्थ्य सामग्री हेलम्बु पठाउनुभएको छ ।
नेपाल चिकित्सक संघले मेलम्चीका बाढीपीडितहरुको लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
नेपाली कांग्रेसका सिन्धुपाल्चोक जिल्ला सभापति तथा प्राकृतिक प्रकोप व्यवस्थापन विभागका संयोजक मोहनबहादुर बस्नेतले पनि नेपाली सेनाको समन्वयमा राहत वितरण गरेको बताउनुभएको छ ।
Mohan Bahadur Basnet updated their status.आज मिति २०७८ आषाढ ४ गते मेलम्ची पुगेर नेपाली सेना संग छ्लफल गरि नेपाली सेनालाई आफ्नो हेली मार्फत राहत स्वरुप खाद्य सामाग्री तथा लत्ताकपडाहरु हेलम्बुका बाढी पिडितहरुमाझ पुर्याउने प्रतिबद्धता गराई राहत सामाग्री नेपाली सेनालाई हस्तान्तरण गरेको छु ।
यस्तो विपद्को घडिमा सबैले आआफ्नो ठाउँबाट सहयोगमा जुट्न अपिल सहित हालसम्मका सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
जय नेपाल!
मनसुन भर्खर सुरु भएको बेलामा खोला किनाराका वस्ती र खेतहरु सखाप पार्ने गरी आएको बाढी पसेर घर छोडी पाखा लागेका नदी आसपासका बजारका बासिन्दाहरु बाढी पसेका बजार क्षेत्रका घरबाट सामान निकालेर बस्तीतिर सर्न थालेका छन् । मनसुन अझै ३ महिना सक्रिय रहने र भेमाथाड.को पहिरो ७५ प्रतिशत गैरहन सक्ने भएकोले उनीहरु खोलासंग अझै तर्सिरहेका छन् ।
सडक सम्पर्क निर्माण र नदीको बहाव नियन्त्रणको प्रयास
प्रभावित क्षेत्रमा राहत पुर्याउन, दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन र जनजीवन सामान्यावस्थामा फर्काउनको लागि बाढीले बिगारेका सडक र पुलको संरचना मर्मत संभारको काम पनि सुरु भएको छ ।
मेलम्ची र इन्द्रावती नदीको मूल धार परिवर्तन भएर मेलम्ची बजारमा बाढी पसेकोले मेलम्ची बजारलाई सुरक्षित बनाउन मेलम्ची नदी र इन्द्रावतीलाई पूर्ववर्त मूलधारमा फर्काउने कार्यको पनि थालनी भएको छ ।
राज्यकोषबाट तलब खाने,तालीम प्राप्त र कर्तब्यै तोकिएका हुँदा प्राकृतिक बिपत्तिमा rescue निम्ति सेना,सशस्त्र/जनपद प्रहरी खटिनु लौ ठीकै छ।तर "युबा दस्ता" सहितका लाखौं सदस्य बनाएका दलका कार्यकर्ता,स्थानिय "नागरिक समाज" र "सामाजिक अभियन्ता" चाहिँ कुन दुलोमा लुक्दा रेछन त्यस्तो बेलामा? https://t.co/l70kXqVe08
— Jainendra Jeevan (@jainendrajeevan) June 20, 2021
क्षति आँकलन सुरु,अर्बौको क्षति
यही असार १ गतेको बाढीले तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्चीमा ठूलो जनधनको क्षति पु¥याएको छ । बाढीले व्यक्तिका घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन एवं विद्यालयमा क्षति पु¥याएको छ । अहिले सिन्धुवासी बिचल्लीमा छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा विद्यार्थीको बिचल्ली भएको छ भने सञ्चार माध्यमहरूमा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट बन्चित हुनु परेको छ ।
कोरोेनाको कहरका बीचमा पनि तेर्से माध्यामिक विद्यालय, तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरणजस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरूपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तिरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयको रूपमा परिचित छ र थियो । असार १ गतेको बाढीले सामान्य क्षति पु¥याएको स्कुलमा असार ५ गतेको बाढीले विद्यालयको भौतिक रूपमा क्षति ग¥यो ।

विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो त्यसले गर्दा हजारौं विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनुहुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी अभिभावक र अन्य शिक्षापे्रमीले चासो र चिन्ता लिइरहेका छन् । स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्सेमाविका शुभचिन्तकले ढुक्कसँग कहिल्यै स्वासफेर्न पाएनन् ।
विभिन्न सङ्घसंस्था, दातृ निकाय र अभिभावकहरूको पहलमा विद्यालयको भवन निर्माण भयो तर २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष जो कोही अभिभावक, विद्यार्थी तथा शिक्षकले भूल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको स्कुल, जस्ताले छाएको छानो यो भूकम्प पछिको अवस्था हो । एउटा कक्षामा पढाएको सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको विद्यालयको भवन ढले पनि जमिन त्यही थियो । तर अहिले न घर छ, न जिमिन । यो दर्दनाक अवस्थाबाट तेर्से माविफेरी पनि उठ्नका लागि प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागि रहने प्रण गर्नुहुन्छ ।
भूकम्को बेलाजस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकार वाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तार जालि लगाएर विद्यालयको बाँकि भुभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको प्रधानाध्यापक ढुङ्गानाले सुनाउनुभयो । मेलम्ची बजार देखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेके विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन, यो भेगको सम्भावना तुइने होकि भन्ने चिन्ता लाग्नु स्वभाबिक नै हो । एता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउनुहुन्छ ।
इष्ट प्वाइन्ट एकेडेमीमा क्षति
हेलम्बु गाउँपालिकाको वडा नम्बर ४ ढुङ्ग्रे बजारमा इष्ट पोइन्ट एकेडेमि बोर्डिङ स्कुल थियो । विद्यालयमा अहिले ५५० जना विद्यार्थी अध्यनरत छन् । सरकारी स्कुलको सन्दर्भमा बोर्डिङ स्कुलमा पूर्णतया अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले अभिभावकको ध्यान बोर्डिङ स्कुलतर्फ केन्द्रित भएकाले विद्यार्थीको सङ्ख्या उल्लेख्य थियो । निजी विद्यालय भए पनि समुदायको धरै आसा बोकेको विद्यालय एकेडेमी खोलामा मिसीएकाले विद्यालयका प्रधानाधयापक दामोदर भारती निशब्द हुनुहुन्छ ।
आफ्नै घर, खेत पुरै खोलाले बगाउँदा पनि उहाँलाई सबैभन्दा धरै विद्यालय र ५५० जना विद्यार्थीको भविष्यको चिन्ता छ । खोलाले लगेको घरको पिल्लर मात्र देखाउँदै भारतीले भन्नुभयो, “मेरो आफ्नै घर छैन, वर्षभरी खाने खेत छैन, जिन्दगी सुम्पेको विद्यालय पनि छैन । केही सोच्नै सकेको छैन ।” भूकम्पले ढलाएको विद्यालय पुनःनिमार्णपश्चात गुणस्तरीय शिक्षामा नै केन्द्रित थियो ।

विद्यालयको भवन त ढल्यो नै अभिभावकले पनि चासो र चिन्ता लिइरहनु भएको छ तर विडम्बना चासो दिनैपर्ने निकायले चासो नदिँदा भारती दुखित हुनुुहुन्छ । विद्यालयमा त्यति धरै क्षति हुँदा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारदेखि सरोकार वाला निकायको फोनसमेत नआउँदा उहाँ चिन्तीत हुनुहुन्छ । सहानुभूतिसमेत नहुँदा दुखित हुनुभएका भारतीले कोहि नभए पनि अभिभावक त हुनुहुन्छ भन्दै चित्त बुझाउनुभएको थियो । निजि विद्यालय भए पनि शिक्षा प्रदानगर्ने पुण्य थलोलाई बहीस्कार गर्दा समाजको लागि अहिलेसम्म बिताएको समय निरासाजनक भएको भारतीको कथन छ । अबको विद्यालय के हुने ? कहाँ स्थानान्तरण गर्ने ? शैक्षिक गतिविधि कसरी अगाडि बढाउनेलगायत प्रश्नले भारती चिन्तित हुनुहुन्छ ।
रहेन रेडियो मेलम्चीको संरचना
सूचनाको स्रोत, आवाज विहिनहरूको आवाज, निकटमा र विकटमा रेडियो, सुख दुःखको साथी, समुदायको सारथी रेडियो मेलम्ची १०७.२ मेगाहर्जको कार्यालयमा बाढीले पूर्ण क्षति पु¥याएको छ । बाढीको सूचना दिँदादिँदै आफै बाढीमा डुबेको रेडियो मेलम्चीले ठूलो क्षति बेहोर्नु परेको छ ।
समुदायको सहयोगमा भर्खरै निमार्ण सम्पन्न भएको रेडियोको भवन क्षण भरमै बाढीमा मिल्दा समुदायको मन रोएको छ । समुदायसँगै सहयोग सङ्कलन गरेर ठडिएको भवन अहिले डुबानमा छ । रेडियोको सम्पूर्ण सामानमा क्षति पुगेको छ ।
Relief distribution to Sindhupalchok flood victim handed over to Nepal Army in Melemchi to dispatch to the affected ones in Helumbu region. The relief work was coordinated with @NDRRMA_Nepal in consultation with DAO Sindhupalchok to the Helumbu RM. Thx to @thenepalesearmy! pic.twitter.com/MeCekEsbLU
— Pradip Khatiwada (@hellopradip) June 20, 2021


















