Prakash Adhikari July 25, 2021

काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिंंदै नवनियुक्त राज्यमन्त्री श्रेष्ठले सबै नेपालीलाई कोरोनाविरुद्धको खोपको जोहो गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

उहाँले ‘अहिले खोप व्यवस्थापन गर्ने र बिपन्नहरुलाई स्वास्थ्य सेवा पुर्याउने कार्यलाई केन्द्रमा राखेर काम थालनी गर्ने बताउनुभएको छ।

खोप पहिलो प्राथमिकता हो,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘कोरोनाको तेस्रो लहर आउन नदिन म विज्ञहरूसँग कुराकानी गरेर पूर्वतयारीमा जुट्छु।’

उहाँले नेपाल ल्याइसकिएका खोप छिटो लगाउने र खोप लगाउन बाँकी जनसंख्याको लागि खोपको व्यवस्था गर्ने कार्यमा स्वास्थ्य मन्त्रालयको प्राथमिकताको शीर्षमा रहेको पनि बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य र खेलकूदका क्षेत्रका समस्यहरु गहिरोसंग बुझेको बताउदै सरकारी अस्पतालको व्यवस्थापनमा सुधार गर्ने पनि बाचा गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपिित विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Share Now

Leave a comment.