Prakash Adhikari February 25, 2018

काठमाडौं, १३ फागुन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई मातृशोक परेको छ ।

डा.कार्कीकी आमा राधादेवी कार्कीको ८७ वर्षको उमेरमा काठमाडौंको जोरपाटीस्थित शंकरापुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँको पार्थिव शरीरको शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

राधादेवीका डा. कार्की सहित  ३ छोरा र १ छोरी छन् ।

माम्खाली मुडुला कार्की समाज ओखलढुंगाले पाँच दिने मृत्यु संस्कार अनुशरण गर्ने निर्णयानुसार आज(आइतबार) तेस्रो दिन ढिकुरो फुटाउने र गहुँत खाने कार्यक्रम राखिएको छ ।

Share Now

Leave a comment.