Prakash Adhikari September 15, 2021

काठमाडौं, ३० भाद्र । गत असार र साउन महिनामा मेलम्ची नदीमा आएको बाढीले हेलम्बुको चनौटेको पुल क्षतिग्रस्त बनाएपछि सो स्थानमा बेलिब्रिज राख्न अर्थ मन्त्रालयले साढे ९० लाख रुपैयाको बजेट निकासा गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सिन्धपाल्चोक जिल्लाका कांग्रेस सभापति तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, र गृहमन्त्री बालकृष्ण खाणसमक्ष मेलम्चीको बाढीले क्षतिग्रस्त पुल र सडकहरु निर्माणको लागि तत्काल बजेट विनियोजन गर्न लिखित रुपमा माग गरेपछि गृहमन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले बेलिब्रिज स्थापना गर्नको लागि बजेट निकासा गरेका हो ।

बेलिब्रिज बनाउन अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपियाँ निकासा अर्थात खर्च गर्ने सहमति दिएको पत्रमा उल्लेख छ ।

गृह मन्त्रालयको विपत, अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाले चानौटेमा बेलिब्रिज बनाउन माग गरिएको रकम निकासा गर्न अर्थमन्त्रालयलाई सिफारिस गरेको थियो ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, पाँचपोखरी, हेलम्बुमा आएको बाढीले मोटरेवल पुल बगाएर सम्बन्ध विच्छेद बनाएको थियो ।

 

Share Now

Leave a comment.