Prakash Adhikari September 20, 2021

काठमाडौं, ४ असोज। सोमबार शेयरबजारमा भारी गिरावट आएको । सरकार बजेटबिहिन भएपछि सोमबार शेयर बजार अघिल्लो दिनको तुलनामा १ सय १३ अंकले घटेर २६९८ अंकमा बन्द भएको हो। २८१२ अंकबाट झरेको बजार एकै पटक २६९८ मा बन्द भएको छ।

भाद्र ३० गते मध्यरातदेखि सरकार बजेट बिहिन भएको र अध्यादेशे प्रतिस्थापन बजेट प्रतिनिधिसभाबाट बजेट पारित गरिए पनि राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरण हुन समय लाग्ने भएकोले लगानीकर्ताहरुको मनोबल खस्किन पुगेको छ ।

सरकारबाट भुक्तानी रोकिन जाँदा बजारमा तरलता अभाव हुने भएकोले लगानीकर्ताहरुले शेयर बेच्न थालेका हुन् ।

आजको बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त र लक्ष्मी लघुवित्तको सेयर मूल्य बढेको छ।

बजारका सबै उपसूचकहरु घटेका छन्। बाणिज्य बैंक, बीमा कम्पनी फराकिलो अन्तरले घटेका छन्। अन्य सूचकका साथै विकास बैंक, फाइनान्स कम्पनी, होटल, लगानी, उत्पादन तथा प्रशोधन समूह पनि घटेको छ।

आज गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर र सेन्ट्रल फाइनान्सको सेयर मूल्य घटेर सर्किट लागेको छ।

अर्थमन्त्रालयको कुर्सीमा पहिलो पटक बस्नुभएका  जनार्दन शर्मालाई पूँजी बजारले उहाँका पूर्ववर्ती अर्थमन्त्री विष्णु पौडेललाई जति पत्याएको छैन । प्रतिस्थापन बजेट तयार पार्ने र ल्याउने कला अपनाउन नजादा अर्थतन्त्रको पूँजी बजारमा त डरलाग्दो असर देखिएको छ , अन्य क्षेत्रमा के भएको होला ? मौन रहेर जागीर खान रुचाउने नेपाली समाजमा महालेखाले खिपेर नलेखेसम्म अर्थमन्त्रीको कमजोरीका कारण देशले ब्यहोर्नुपरेको नोक्सानीको थाहा हुँदैन ।

 

Share Now

Leave a comment.