Prakash Adhikari September 25, 2021

कीर्तिपुर(काठमाडौं)९ असोज ।नेपालको चर्चित टी २० क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग(ईपीएल) को चौथो संस्करणको उद्घाटन खेलमा काठमाडौं किंग्स् ११ ले ललितपुर प्याट्रियोट्सलाई ७ विकेटले पराजित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिड. रोजेको काठमाडौं किंग्स् ११ ले लतिपुर प्याट्रियोर्टसले दिएको १ सय ५८ रनको लक्ष्य ३ विकेटको क्षतिमा ११.२ ओभरमा हासिल गरेको थियो ।

काठमाडौंको जितमा जिम्बाब्बेका रायत बुर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका रहमानतुल्लाह गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे भने अमित श्रेष्ठले ४ रन बनाए ।
१ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात राम्रो हुन सकेन । ओपनर सुवास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए भने अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो ।

तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रामक ब्याटिङ गर्दै काठमाडौंको इनिङ्स सम्हाले । उनलाई रायन बर्लले गतिलो साथ दिए । यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए ।

११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर ८८ पुगेको थियो । त्यसपछि बर्लले आक्रामक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए ।

बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्‍याए ।

काठमाडौंलाई रोक्ने क्रममा ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

ललितपुरको ब्याटिड.

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको अर्धशतक मद्दतमा निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो ।

ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए भने योगेन्द्रसिंह कार्कीले ३३, रनजंग मिक्यो दोर्जीले १७,शंकर रानाले १४, नारायण जोशीले १२,ओशादा फर्नाण्डोले ४,सन्दुन विराकोटीले २ तथा रसिद खानले १ रनको योगदान दिए । क्याप्टेश कुशल भूर्तेल कुनै रन जोडन नपाउदै पहिलो बलमा नै आउट भए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका समेत ओपनिड. ब्याट्सम्यान रहेका कुशललाई काठमाडौं किंग्स् ११ का जितेन्द्र मुखियाले पहिलो बलमा नै शिकार बनाए । जितेन्द्रको तिर जस्तो बलिड. त्यतिकैमा रोकिएन पहिलो ओभरको अन्तिम बलमा उनले सन्दुम विराकोटीलाई २ रन बनाएको बेलामा आउट गरे । दोस्रो ओभरको तेस्रो बलमा गुलशन झाले ओशादा फर्नाण्डोलाई एक चौकाबाट माथि उक्लिन नदिइ एलबीडब्ल्यु धरापमा पारे । मुखियाले १० औ ओभरको अन्तिम बलमा शंकर रानालाई शिकार पारे । १७ औं ओभरको दोस्रो र तेस्रो बलमा रायल बर्लले पवन शर्राफ र योगेन्द्र कार्कीको विकेट लिए । १९औं ओभरको तेस्रो बलमा मुखियाले रसिद खानको विकेट लिए भने २० औं ओभरको चौथोबलमा गुल्शन झाले नारायण जोशीको विकेट लिए ।

खेलमा जितेन्द्र मुखियाले ४, गुल्शन झा र रायन बर्लले २ / २ विकेट लिए ।

Share Now

Leave a comment.