Prakash Adhikari February 28, 2018

 

जनकपुरधाम(धनुषा), १६ फागुन । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले बुधबार आफ्नो मन्त्रिपरिषदमा चार मन्त्री र तीन राज्यमन्त्री थप गरेका छन् । थप मन्त्री सहित उनको मन्त्रिपरिषद् १० सदस्यीय बन्न पुगेको छ ।

थपिएका चार मन्त्रीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथग्रहण गराएका थिए, भने राज्यमन्त्रीलाईलाई मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नेपालीमा शपथग्रहण गराएका थिए।

आज थपिएका मन्त्रीमा संघीय समाजवादी फोरम नेपालका ज्ञानेन्द्र कुमार यादव प्रदेश सरकारको गृह आन्तरिक मामिला तथा कानुन, शैलेन्द्र साह भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र राष्ट्रिय जनता पार्टी नेपालबाट नवलकिशोर साह सुडी सामाजिक विकास मन्त्रालय र रामनरेश राय उद्योग तथा पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन्।

आज थपिएका राज्यमन्त्रीहरुमा सघीय समाजवादी फोरम नेपालको तर्फबाटै सरोज सिंह कुशवाहा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, योगेन्द्र राय यादव भूमि व्यवस्था कृषि तथा सहकारी रान्यमन्त्री र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्री रहेका छन्।

यसअघि मुख्यमन्त्री लालबाबु राउतले शपथ लिएकै दिन अर्थमन्त्रीमा विजय यादव र जितेन्द्र सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले नेपालीमा शपथग्रहण गराएका थिए भने ज्ञानेन्द्र यादव, शैलेन्द्र साहले मैथिलीमा शपथग्रहण गरेका थिए। यसैगरी, नवलकिशोर साह सुडी र रामनरेश रायले हिन्दीमा शपथग्रहण गरेका थिए भने सम्पूर्ण राज्यमन्त्रीहरुले मैथिलीमै शपथग्रहण गरेका थिए।

Share Now

Leave a comment.