Prakash Adhikari November 12, 2021

 

काठमाडौं, २६ कार्तिक। कानुन व्यवसायीहरुहरुले सर्वोच्च अदालत छिर्नेै मूल गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा १ नम्बर गेटको उपयोग गर्दै सुरक्षाकर्मीको सहयोगमा सर्वोच्च अदालतमा प्रवेश गर्नुभएको छ ।

जबराको माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका छन् ।

विहान ११ बज्नै लाग्दा प्रधानन्यायाधीश जबरा एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गर्नुभएको हो ।

अरु न्यायाधीशहरु पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ ।

प्रधानन्यायाधीशलाई अदालत प्रवेश पनि गर्न नदिने आजका सबै इजलासमा बहस पनि नगर्ने निर्णय गरेर आज धर्नामा उत्रिएका वकिलहरु भने आफ्नो पहिलो योजना असफल भएकोमा खिन्न छन् ।

प्रधानन्यायाधीश अदालत प्रवेश गर्नुभएपछि धर्नामा रहनुभएका वकिलका तर्फबाट वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वोच्च परिसरबाट प्रहरी हटाउन अनुरोध गर्नुभएको थियो ।

धर्ना अझै जारी छ ।

Share Now

Leave a comment.