Prakash Adhikari November 14, 2021

 

काठमाडौं, २८ कार्तिक । कानूनी राजको पक्षमा रहेका नेपालीलाई सर्वोच्च अदालतमा देखिएको गाईजात्राले निकै चिन्तित बनाएको छ । सर्वोच्च अदालतमा आइतबार बिहान कार्यालय समय शुरुहुनुभन्दा पहिलेदेखि नै मूलगेट भित्र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुले धर्ना दिएका छन् भने गेटबाहिर प्रधानन्यायाधीश पक्षका वकिलहरुले प्रदर्शन गरेका छन् ।

शुक्रबार गेटबाहिर धर्नामा बसेका कानुन व्यवसायीहरुले आज भने सर्वोच्च अदालत परिसर भित्रैबाट मूल गेटमा धर्ना दिएका हुन्।

शुक्रबार बन्द गरिएको सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन बीचको गेट आज खुल्ला छ । सोही गेटबाट कानुन व्यवसायीहरु सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

उनीहरु अहिले सर्वोच्च अदालत परिसर भित्रैबाट मूल गेटमा धर्नामा बसिरहेका छन् । प्रहरीले प्रधानन्यायाधीशले प्रयोग गर्ने एक नम्बर गेटमा भने प्रदर्शनकारीलाई जान दिएको छैन ।

आन्दोलनको विरोधमा रहेका प्रधानन्यायाधीश जबरा पक्षधर वकिल र न्यायका लागि सर्वोच्च पुगेको न्यायापेक्षीहरुले भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् ।

Share Now

Leave a comment.