Prakash Adhikari March 5, 2018

सिंहदरबार(काठमाडौं),२१ फागुन ।नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रत्यासी प्रकाशमानन सिंहलाई २५ मत अन्तरले पराजित गर्नुभएको हो ।

पार्टीभित्र परिवर्तनको चाहना गर्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा उम्मेदवारी दिनुभएको थियो । सिंहले अपेक्षाकृत मत पाउन सक्नुभएन ।

भरखर्र सम्पन्न मत गणनामा सभापति देउवाले ४४ मत पाउनुभयो भने सिंहले १९ मत पाउनुभएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । देउवा अब प्रमुख विपक्षी दलको नेता बन्नुहुनेछ ।

Share Now

Leave a comment.