Prakash Adhikari December 23, 2021
NC Dalit CC elected

काठमाडौं, ८ पौष । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा डा. शेखर कोइराला पक्षधर उम्मेद्वारलाई पराजीत गर्दै देउवा पक्षले क्लिन स्वीप गरेको हो ।

निर्वाचन समितिका अनुसार दलिततर्फको केन्द्रीय सदस्यमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी हुनुभएको छ । लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो शान्ति र पाल्पाकी रुपाले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाउनु भएको हो ।

प्रदेशबाट थप को को आए ?

वागमती प्रदेशमा महिलातर्फबाट उर्मिला नेपाल के.सी.ले २३४९ मत ल्याएर बिजयी बन्नुभयो भने विष्णुदेवी पुडासैनी १६७० र कृष्णा अमात्य ५५१ मत ल्याएर पराजित बन्नुभयो ।

त्यस्तै बागमती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । दुई सदस्यका लागि ६ जनाले उम्मेदवारी दिनुभएको थियो । रञ्जित २४१९ र केसी २१२९ मतका साथ निर्वाचित हुनुभएको हो ।

गण्डकीबाट महिलामा सरस्वती अर्याल तिवारी २५९३ मतसहित विजयी हुनुभयो भने विष्णुदेवी पाण्डेले १९१८ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै गण्डकी प्रदेशबाट खुलामा ध्रुब वाग्ले २७२० र कृष्णचन्द्र नेपाली पोखरेल २३०६ मतसहित विजयी बन्नुभयो । रेशमबहादुर बानिया १९३१ र सोभियतबहादुर अधिकारी २०२७ पराजित हुनुभयो ।

लुम्बिनी प्रदेशका लागि खुला २ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनमा देवेन्द्रराज कंडेल र चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको छ । लुम्बिनी प्रदेशकै १ जना महिला केन्द्रीय सदस्यमा शिला शर्मा खड्का निर्वाचित हुनुभएको छ ।

खुला दुई केन्द्रीय सदस्य पदमा ६ जना प्रतिस्पर्धामा थिए । तीमध्ये विजयी उम्मेदवार कंडेलले २,७२७ र केसीले २,२६७ मत पाउनुभयो । अन्य उम्मेदवारहरु महेन्द्र कुमार शर्माले १,७७३, लेखनाथ पोख्रेलले १,५२७, प्रदीप राज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत पाउनुभएको थियो ।

यसैगरी महिला एक पदका लागि भएको निर्वाचनमा खुमबहादुर खड्काकी धर्मपत्नी शिला शर्मा खड्का २,६७३ मतसहित विजयी हुनुभयो ।

अन्य उम्मेदवारहरु रिता सेन ओलीले १,४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत पाउनुभएको थियो ।

यस्तै थारु समूहबाट कल्पना चौधरी २५२४ र जीवन राना २३४९ विजयी हुँदा टीकाकुमारी चौधरी ८७२,नवोदिता चौधरी १५९० र नमिताकुमारी चौधरी १६६१ पराजित हुनुपुग्नुभएको छ ।

त्यस्तै सुदूरपश्चिमबाट सुशीला मिश्र भट्ट २४२२ मतले निर्वाचित हुँदा चन्द्रादेवी जोशी १७६३ र रमितादेवी देउवा ४०३ मत ल्याएर पराजित हुनुभयो ।

त्यस्तै कर्णाली प्रदेशबाट जानकी सिंह २६२४ मतसहित निर्वाचित हुनुभयो भने मैना कार्की रावल १९५५ मत ल्याएर पराजित हुनुभयो ।

त्यस्तै कर्णाली प्रदेशबाट खुलातर्फ राजिवविक्रम शाह २८२० र कर्णबहादुर बुढा २२०० मतले विजयी बन्दा हृदयराम थानी २१९९,दिनबन्धु श्रेष्ठ १५४६ र नारायणप्रसाद भट्टराई ३४६ मत ल्याएर पराजित हुनुपर्यो ।

Share Now

Leave a comment.