Prakash Adhikari January 10, 2022

काठमाडौं, २६ पौष । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का दुई गैरभौगोलिकसहित ४१ जिल्लाले नयाँ नेतृत्व पाएका छन् ।

एमाले केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार इलाम, सोलुखुम्बु, सिन्धुली, बागलुङ,नवलपरासी र कपिलबस्तुबाहेक अन्य ३४ जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन भएको छ ।

सर्वसम्मत हुन नसकेका जिल्लाको मतदान भएर गणना जारी रहेको छ । केही ठाउँमा मतदान आज हुँदैछ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ६३ जिल्लाको अधिवेशन एकैपटक उद्घाटन गर्नुभएको थियो ।

महासचिव शंकर पोखरेलले सिरहा जिल्ला अधिवेशन आइतवार उद्घाटन गरेपछि अधिवेशन भएका जिल्लाको संख्या ६४ पुगेको छ ।

सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र शुरु भएको छैन ।

केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिनुभएको छ ।

सिन्धुलीमा बहालवाला अध्यक्ष प्रदीप कटुवाललाई कुमारबहादुर कार्कीले पराजित गर्नुभएको छ । त्यस्तै नवलपरासीमा पनि बहालवाला अध्यक्ष पराजित हुनुभएको छ ।

तत्कालीन नेकपा विभाजनपछि प्रचण्ड माधव समूहतिर लागेका अध्यक्ष हटाएर बनाइएका तत्कालीन ओली पक्षका अन्तरिम अध्यक्षहरु नै प्रायः धेरै जिल्लामा निर्वाचनबाट आउनुभएको बताइएको छ ।

अध्यक्षमात्र होइन पदाधिकारीमा पनि नयाँ युवाले प्रवेश पाएका छन् ।

अहिलेसम्म निर्वाचित अध्यक्षहरु
प्रदेश १
१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर –शरण राई

८. इलाम- महेश बस्नेत

९. साेलुखुम्बु- डुफकुमार बास्ताेला

प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी

वागमती
१. धादिङ – भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडाैं – दीपक निराैला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली- कुमारबहादुर कार्की

गण्डकी
१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

 

Share Now

Leave a comment.