Prakash Adhikari March 15, 2022

 

किएभ(युक्रेन), १ चैत्र । किएभमा ३५ घण्टाका लागि कर्फ्युको घोषणा गरिएको छ र उक्त शहरले खतरनाक अवस्थाको सामना गरिरहेको त्यहाँका मेयरले बताएका छन् । रुसले युक्रेनका धेरै सहरहरूमा बमवारि जारी राखेको छ, राजधानी किएभको आवासीय क्षेत्रमा आक्रमण भएका छन् ।

रुसी सैनिकहरूको घेराबन्दीमा रहेको युक्रेन सहर मारिओपोलबाट करिब १ सय ६० वटा कारहरूको लस्करमा मानिसहरूको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । दक्षिणी सहरबाट सर्वसाधारणहरूलाई उद्धार गर्ने यसअघिका प्रसारहरू रुसी आक्रमण जारी रहँदा असफल भएका थिए ।

किएभमा ३५ घण्टाका लागि कर्फ्युको घोषणा

रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिनमा राजधानी किएभका मेयर भिटाली क्लित्स्कोले आज रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु लगाइने बताउनुभएको छ।

उहाँले अहिले किएभले खतरनाक र कठिन क्षणको सामना गरिरहेको पनि बताउनुभयो।

उहाँले मङ्गलवार बिहान आवासीय भवनहरूमा रुसी हवाई हमला हुँदा चारजनाको ज्यान गएको बताउनुभयो।

मानिसहरूलाई कर्फ्युका बेला घरमै बस्न वा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न उहाँले आह्वान गर्नुभएको छ।

रुसी सैनिकलाई आत्मसमर्पण गर्न जेलेन्स्कीको आह्वान

जेलेन्स्कीजेलेन्स्कीजेलेन्स्कीजेलेन्स्कीजेलेन्स्कीजेलेन्स्कीजेलेन्स्कीजेलेन्स्कीजेलेन्स्कीJelensky Says Heavy Rain On NATO, You Open Russia's Hand; There Was A Demand For A No-fly Zone In Ukraine

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सैनिकहरूलाई आत्मसमर्पण गर्न आह्वान गर्नुभएको छ।

सोमवार राति टीभीमा गरेको एउटा सम्बोधनमा उहाँले रुसी सैनिकहरूले चेचन्या द्वन्द्वमा भन्दा युक्रेनमा ठूलो क्षति बेहोर्नुपरेको दाबी गर्नुभयो।

उहाँका अनुसार त्यसबाट रुसी सैनिकहरूले युद्धबाट केही उपलब्धि नहुने बुझिसकेका थिए।

ूमलाई थाहा छ तपाईँहरू बाँच्न चाहनुहुन्छ,ू उहाँले भन्नुभयो। आत्मसमर्पण गरे सैनिकहरूसँग मानवका रूपमा भद्र व्यवहार गरिने उहाँको भनाइ थियो।

केही दिनअघि जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गर्नुभएको थियो ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उहाँले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको दाबी गर्नुभएको थियो। तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताउनुभयो।

“उनीहरूलेृअनुमानिते १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन… संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन”, उहाँले भन्नुभएको थियो।

दुई देशबीच वार्तालाई निरन्तरता दिइने अपेक्षा छ। जेलेन्स्कीका अनुसार अहिलेसम्म वार्तामा राम्रो प्रगति भएको छ।

खेअर्सन रुसी कब्जामा

 

रुसको रक्षा मन्त्रालयका एक प्रवक्ताले युक्रेनको दक्षिणी खेअर्सन क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको दाबी गनुभएको छ।

तर बीबीसीले इगोर कोनाशेन्कोभको उक्त दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

इन्टर्फ्याक्स(एभीएन समाचारसंस्थाले उनलाई उद्धृत गर्दै रुसले खेअर्सन आफ्नो कब्जामा लिएको समाचार प्रकाशित गरेको छ।

केही दिनअघि खेअर्सनवासीहरूले रुसी अतिक्रमणको विरोधमा प्रदर्शन गरेका थिए।

उनीहरूलाई चेतावनी दिन रुसी पक्षले हावामा गोली चलाएको देखिएको थियो।

चारवटा रुसी हेलिकप्टर र एउटा विमान खसालेको दाबी

युक्रेनमाथि रुसले आक्रमण गरको बीसौँ दिनमा युक्रेनी सेनाले दैनिक बिहान दिने जानकारीमा यस्तो दाबी गरेको छ :

युक्रेनी भूमिमा हात पारेको उपलब्धि व्यवस्थापन गर्न रुसी सैनिकहरू केन्द्रित भएका छन् र अगाडि बढ्न असफल भएका छन् । रुसी सैनिकहरूले संवेदनशील संरचनाहरूमा क्षेप्यास्त्र र बम प्रहार गर्न जारी राखेका छन् । रुसी सेनाले कब्जा गरेका भूभागहरू आफ्ना घाइते सैनिकलाई उपचार गर्न प्रयोग गरिरहेको छ ।

युक्रेनी सेनाले रुसका चारवटा हेलिकप्टर, एउटा विमान र एउटा क्रूज मिसाइल खसालेको छ । दक्षिणी तटीय सहर मरिऊपोललाई कब्जा गर्ने रुसी प्रयासलाई युक्रेनले निस्तेज पारिदिएको छ र ब्ल्याक सी क्षेत्रमा रुसद्वारा थप जलसेना पठाउने कुनै सङ्केत देखिएको छैन ।
रुसी सैनिकहरूको नैतिक बल र मनोवैज्ञानिक अवस्था एकदमै कमजोर देखिएको छ र रुसी सैनिकहरूले नेतृत्व गर्न अस्वीकार गरिरहेका छन्।

तर बीबीसीले यी कुनै पनि दाबीलाई पुष्टि गर्न सफल भएको छैन।

आवासीय भवनमा आक्रमण, दुई जनाको मृत्यु

हवाई आक्रमणका कारण आवासीय भवनहरू नराम्ररी क्षति भएका छन् ।युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले किएभस्थित एउटा आवासीय भवनमा रुसले हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ।

त्यहाँबाट ३५ जनाको उद्धार गरिएको थियो।

रुसले सोमवार राति रुसले गरेका आक्रमणहरूमा परेर क्षति पुगेका भवनहरूको सूची किएभ नगर प्रशासनले प्रकाशित गरेको छ।

किएभमा रुसी आक्रमणका कारण आगो लागेको भवन

किएभको स्भिआतोशिन्स्की जिल्लामा अर्को नौतले भवनमा लागेको आगो बिहानीपख निभाइएको थियो। तर त्यहाँ कोही हताहत भएको विवरण आएको छैन।

किएभको स्भिआतोशिन्स्की जिल्लामा अर्को नौतले भवनमा लागेको आगो बिहानीपख निभाइएको थियो। तर त्यहाँ कोही हताहत भएको विवरण आएको छैन।

घाइते सैनिकहरूलाई भेट्न युक्रेनी राष्ट्रपति अस्पतालमा

राष्ट्रपति भोलोदिमिर जेलेन्स्की घाइते सैनिकहरूलाई भेट्न अस्पतालमा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अस्पतालमा गएर घाइते सैनिकहरूलाई भेट्नुभएको छ ।

 

किएभको मेट्रो स्टेशनमा क्षति

किएभको मेट्रो सञ्जालले ट्विटरमार्फत् मङ्गलवार बिहान भएको एउटा विस्फोटनका कारण लुकियानिभ्स्कास्थित रेल स्टेशनको अग्रभाग र कार्यालयहरूमा क्षति पुगेको जानकारी दिएको छ।

उक्त स्टेशन किएभको केन्द्रनजिकै छ।

क्षतिका कारण उक्त स्टेशन बन्द भएको छ।

किएभमा विस्फोटन, आवासीय भवनमा आगो

युक्रेनको राजधानी किएभमा मङ्गलवार बिहान सबेरै विस्फोटनहरूको आवाज सुनिएको विवरण त्यहाँस्थित पत्रकारहरूले दिएका छन्।

त्यसपछि किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ।

केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन२४ ले जनाएको छ।

कहिले सकिएला युक्रेन रुस युद्ध ?

युक्रेन सरकारका एक सल्लाहकारले ढिलोमा मे महिनाको सुरुतिर युद्ध सकिने आफ्नो अपेक्षा रहेको बताएका छन्। त्यतिबेलासम्म रुससँग आक्रमणका लागि आवश्यक स्रोतसाधनको अभाव हुनेछ।

“मलाई लाग्छ मेभन्दा पछि हैन, मेको सुरुतिर नै एउटा शान्ति सम्झौता हुनुपर्छ”, ओलेस्की आरेस्तोभिचले भन्नुभएको छ। उहाँ युक्रेनी राष्ट्रपतीय कार्यालय प्रमुखका सल्लाहकार हुनुहुन्छ।

उहाँले आगामी महिनाहरूमा हुनसक्ने दुईवटा परिदृश्यबारे पनि चर्चा गर्नुभएको छ।

उहाँका अनुसार सैनिक फिर्ती र सबै कुरासहित एक दुई साताभित्र नै शान्ति सम्झौता हुन सक्ने सम्भावना रहेको नत्र दोस्रो चरणका लागि अरूलाई, जस्तै सिरियालीलाई, संलग्न गराएर मध्य वा अप्रिल अन्तिमतिरसम्म एउटा सम्झौता गर्न प्रयास हुनेछ।

अमेरिकाले यसअघि रुसले युक्रेनमा लड्न सिरियालीहरूलाई भर्ती गरेको दाबी गरेको थियो। तर त्यस्तो दाबी पुष्टि हुन सकेको छैन।

गत साता रुसी र युक्रेनी विदेशमन्त्रीबीच टर्कीमा वार्ता भएको थियो।

आरेस्तोभिच रुसयुक्रेन वार्तामा संलग्न छैनन्।

यूकेद्वारा थप प्रतिबन्धको घोषणा

संयुक्त अधिराज्यले थप ३ सय ७० रुसी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको छ। त्यसबाट उनीहरूको सम्पत्ति रोक्का हुने र यात्रामा प्रतिबन्ध लाग्नेछ।

सूचीमा रहेका व्यक्तिहरु

दिमित्रि मेदभेदेभः रुसी राष्ट्रपति (सन् २००८देखि २०१२), प्रधानमन्त्री (२०१२देखि२०२०) र हाल रुसी सुरक्षा परिषद्‌का अध्यक्ष
दिमित्रि पेस्कोभः पुटिनका प्रवक्ता
सर्गेइ सोइगुः रुसी रक्षामन्त्री
मारिया जाखारोभाः रुसी विदेशमन्त्रालयकी प्रवक्ता
यसअघि संयुक्त अधिराज्यले व्यापार प्रतिबन्धहरू लगाएको थियो जसमा भोड्कामा थप ३५ प्रतिशत कर लगाइएको थियो।

 

Share Now

Leave a comment.