Prakash Adhikari March 18, 2022

काठमाडौं, ४ चैत्र । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ले कोभिड १९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान सुरु गर्न थालेको छ।

महामारीको जोखिम घटेसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो।

नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान गर्ने घोषणा गरिसकेको छ। निगमले आगामी मार्च २१ देखि बैंग्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ।

बैंग्लोरमा साताको मङ्गलबार, बिहिबार र शनिबार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधबार, शुक्रबार र आइतबार उडान गरिनेछ।

नयाँ दिल्लीमा दुई उडान
महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ।

भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै निगमले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो।

नारितामा दुई उडान
निगमले जापानको राजधानी टोकियामा अवस्थित नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ।

कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो।

निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो।

नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको छ।

निगमका प्रवक्ता खड्काले कोभिड महामारीपूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत् लयमा फर्किएको उल्लेख गर्नुभयो।

निगमले नारितामा अप्रिल १ देखि साताको मङ्गलबार र शुक्रबार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ।

अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ। हाल नारितामा साताको एक दिन शुक्रबार मात्रै उडान भइरहेको छ।
निगमले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ।

बैंककमा दुई उडान

नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ। यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो।

 

आफ्नो जीवनको सम्पूर्ण उर्बर समय निगममा इमान्दारीपूर्वक काम गरेर बिताउनुभएका युवराज अधिकारी निगमकोको कार्यकारी अध्यक्ष भएपछि निगममा आर्थिक र प्रशासनिक अनियमितताका छिद्रहरु टालिएका छन् । यस क्षेत्रको भरपर्दो र प्रतिष्ठित अन्तर्राष्टिय वायुसेवाको रुपमा रहेको निगमको साखःलाई पुनस्थापित गर्न उहाँँ एकाग्र भएर लाग्नुभएको छ ।

Share Now

Leave a comment.