Prakash Adhikari March 18, 2022

 

दुबाई(संयुक्त अरब इमिरेट्स), ४ चैत्र । युएईमा भैरहेको विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

दुबाई अन्तर्राष्ट्रिय स्टेडियममा भैरहेको खेलमा टस जितेर ब्याटिंग गरेको युएईले नेपाललाई १ सय ६९ रनको सहज लक्ष्य दिएको छ ।

आजको खेलमा नेपालका बलरहरुको प्रदर्शन उत्कृष्ट रह्यो । ५० ओभरको निर्धारित खेलमा ४६.३ ओभरमा  सबै विकेट गुमाउदै युएईले १ सय ६८ रन जोड्यो ।

युएईको लागि सीपी रिजवान र रोहन मुस्तफाले ४०। ४०रन को योगदान दिए । त्यस्तै मोहम्मद वाशिमले २१, काशिम दाउदले १८, वासिम हमिदले १४ रनको योगदान दिए । खेलमा अहमद रजाले १३, चिराग सुरीले ६ x, भृत्य अरबिन्द ३, असिफ खान २ र जुनैद सिद्दकीले १ रन बनाए ।

युएइलाई रोक्ने क्रममा नेपालका सोमपाल कामीले युएईका माथिल्लो क्रमका ४ ब्याट्सम्यानको विकेट लिएका थिए। उनले चिराग सुरी , भृत्य अरविन्द, मुहम्मद वासिम र काशिफ दाउदको विकेट लिएका थिए।

त्यसपछि करन केसीको प्रदर्शन पनि उत्कृष्ट रह्यो उनले आसिफ खान, जहुर खान,अहमद रजाको विकेट लिएका हुन्।खेलमा क्याप्टेन सन्दीप लामिछाने , सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो।

नेपालले अन्तिम एघारमा एउटा मात्र परिवर्तन गरेको छ। विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीको स्थानमा फास्ट बलर कमल सिंह ऐरीले अन्तिम एघारमा स्थान पाएका छन्।

ऐरीसंगी टिममा सोमपाल कामी, करन केसी र आरिफ शेख जस्ता बलर रहेका छन भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मैदानमा उतारिएको थियो।

कप्तान सन्दीप ढकालको नेतृत्वमा नेपालले कुशल भुर्तेल, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, कमल सिंह ऐरी, करन केसी, सोमपाल कामी र सागर ढकाललाई मैदानमा उतारेको छ ।

युएईले एहमद राजाको कप्तानीमा चिराग सुरी, मुहम्मद वासिम, भृत्य अरविन्द , आसिफ खान, चुन्दनगापोयील रिजवान, बसिल हमिद, काशिफ दाउद, रोहन मुस्तफा, जहुर खान, जुनैद सिद्दिकीलाई मैदानमा उतारेको छ ।

नेपाली ब्याट्सम्यानहरुले धैर्यता राखेमा युएईले ५० ओभरको खेलमा दिएको १ सय ६९ रनको लक्ष्य सामान्य हो ।

यसपटक नेपालले युएईलाई पराजित गर्ने संभावना रहेको छ ।

Share Now

Leave a comment.