
काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज नेकपा एमालेका ६ मन्त्री र एक राज्यमन्त्री थपिने छन् भने माओवादी केन्द्रबाट ५ मन्त्री थपिने छन् ।त्यस्तै संघीय समाजवादी फोरमका २ थपिने छन्
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफल गरि एमालेतर्फका मन्त्रीहरुको नाम टुंगो लगाएका हुन भने माओवादीको लिष्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र छलफल गरी टुंग्याएर प्रधानमन्त्री ओलीलाई बुझाएका छन्।
प्धानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार ओली सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण् विष्टलाई श्रम तथा रोजगार र नेता रविन्द अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् भने शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिने तयारी छ ।
काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् ।
यसै गरी माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । गिरिराजमणि पोखरेल शिक्षा मन्त्री तोक्ने तयारी छ भने शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् ।
यस अगाडि वातावरण मन्त्री नियुक्त भएका लालबाबु पण्डित मन्त्रालय समायोजन गर्दा विनाविभागीय भएकोले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन्।
उनीहरुमध्ये यादव सहरी विकास र श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने सम्भावना छ ।
मन्त्रीहरुको सपथ आजै अपराहृन ४ बजे गर्ते तयारी छ ।