अयर(स्कटल्याण्ड), २८ आषाढ । नेपाली राष्ट्रिय टिमका उपकप्तान रोहित पौडेल खाता नखोली रन आउट भएपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार स्टकल्याण्डमा भएको खेलमा पराजय ब्यहोरेको छ ।
स्कटल्याण्डको अयरस्थित कम्बूसडनको नयाँ क्रिकेट मैदानमा टस हारेर पहिले बलिड. गरेको नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ।
नामिबियाले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १ सय ८० रनमा समेटिएको हो।
नेपालको ब्याटिड.मा आरिफ शेखले अविजित ५० रन बनाए । खेलमा देव खनालले ३४, कुशल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४, सोमपाल कामी र आदिल अन्सारीले समान १०। १० रन बनाए। खेलमा दीपेन्द्रसिंह ऐरीले ४ र बसिर अहमदले ३ रन जोडे ।
एक दिवसीय खेलमा निकै धैर्यतापूर्वक खेल्ने रोहित पौडेल खाता नखोल्दै रन आउट हुनु नेपालका लागि दुर्भाग्य बन्यो ।
त्यसो त नेपालका कप्तान सन्दीप लामिछानेले पनि बलिड.मा शून्य रनमा नै आउट हुनुपर्यो । यद्यपि उनले बलिड.मा राम्रो गरे, ४ विकेट लिएर ।
नामिबियासंगको खेलमा पनि नेपालको ब्याटिड. पक्ष नै निकै कमजोर देखियो ।
नेपाललाई रोक्ने क्रममा नामिबियाका डेभिड विसे, बर्नान्ड स्कोल्ट्ज र जान फ्रिलिन्कले समान २ ।२ विकेट हात पारे।
खेलमा टस जितेर ब्याटिड। रोजेको नामिबियाले ५० ओभरको खेलमा ४७।३ ओभरमा १० विकेट गुमाउदै २ सय २० रन जोडेको थियो ।
नामिबियाको लागि जोन निकल लफ्ति इटनले सर्वाधिक ६० रन जोडे । त्यस्तै डेभिन ला ककले ४१, गेरहार्ड इरास्मसले २२, क्रयाग विलियम्सले २१,लो ह्याण्ड्रे लाओव्रेन र डेभिड वाईसले १८। १८, जेजे स्मिथले १७, रुवेन ट्रम्पलमेनले ६, जनप्रायलिन्सले ४ र बर्नार्ड स्कोल्चले ४ रन जोडेका थिए ।
नामिबियालाई रोक्न नेपालका क्याप्टेन सन्दीप लाछिानेले ४, सोमपाल कामीले २, करण के.सी., दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले एक एक विकेट लिए । एक विकेट रन आउटबाट नेपालले लियो ।
नेपालले बुधबार स्कटल्यान्डसँग खेल्दै छ।


















