Prakash Adhikari July 11, 2022

अयर(स्कटल्याण्ड) , २७ आषाढ । आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्याण्डमा भएको त्रिदेशीय श्रृखलाको आफ्नो पहिलो खेलमा नेपालले प्रतिस्पर्धी नामिबियाबाट २ सय २१ रनको लक्ष्य पाएको छ ।

स्कटल्याण्डको काम्बुस्दुन न्यु ग्राउण्डमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको नामिबियाले ५० ओभरको खेलमा ४७.३ ओभरमा १० विकेट गुमाउदै २ सय २० रन जोडेको थियो ।

नामिबियाको लागि जोन निकल लफ्ति इटनले सर्वाधिक ६० रन जोडे । त्यस्तै डेभिन ला ककले ४१, गेरहार्ड इरास्मसले २२, क्रयाग विलियम्सले २१,लो ह्याण्ड्रे लाओव्रेन र डेभिड वाईसले १८। १८, जेजे स्मिथले १७, रुवेन ट्रम्पलमेनले ६, जनप्रायलिन्सले ४ र बर्नार्ड स्कोल्चले ४ रन जोडेका थिए ।

नामिबियालाई रोक्न नेपालका क्याप्टेन सन्दीप लाछिानेले ४, सोमपाल कामीले २, करण के.सी. दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले एक एक विकेट लिए । एक विकेट रन आउटबाट नेपालले लियो ।

Share Now

Leave a comment.