Prakash Adhikari July 16, 2022

काठमाडौं, ३२ आषाढ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रतिपक्षी दलको विभागीय समितिमा बसेको विषय गम्भीर भएको भन्दै कानुनविद्सँग परामर्श गरेर आवश्यक छानविन गरिने बताउनुभएको छ।

आज बिहान नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को ७ बुँदे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

‘कानुनविदसँग परामर्श गरेर गभर्नरका बारेमा निर्णय लिन्छु। उहाँका विषयमा धेरै कुरा सार्वजनिक भइरहेका छन्, कतिपय कुरा छानबिन गर्नुपर्ने पनि देखिएको छ।, प्रधानमन्त्रीको भनाई उदृत गर्दै वाइसीएलका संयोजक सुमन देवकोटाले भन्नुभयो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ ले कुनै पनि राजनीतिक पार्टीको पदाधिकारी र सदस्य रहेको व्यक्ति गभर्नर हुन अयोग्य हुने किटानी व्यवस्था गरेको छ ।

वाईसीएलको प्रतिनिधि मण्डलसंग धानमन्त्री देउवाले सार्वजनिक पद धारण गरेको व्यक्ति कुनै पार्टीमा आबद्ध रहेको प्रमाण सार्वजनिक भएका छन्। यसबारेमा सरकार गम्भीर छ। आवश्यक कदम चाल्नुभन्दा अघि कानुनविदसँग परामर्श गर्छु।’ भन्नुभएको थियो ।

गभर्नर महाप्रसाद अधिकारी (एम. अधिकारी)लाई नेकपा एमालेको हालै गठित योजना तथा अर्थ विभागको सदस्यमा राखिएको छ ।

यस पहिले पनि सो समितिको सदस्य रहनुभएका गभर्नरको नाम विवादमा आएपछि नेकपा एमालेले भने एम. अधिकारी गभर्नर नभएर अर्कै भएको भनी स्पष्टीकरण दिएको र विराटनगरतिर लेखा परीक्षण फर्म चलाएर बसेका एकजना मनोज अधिकारीलाई एम अधिकारी हुँ भनेर प्रस्तुत हुन दबाब दिएको कुरा पनि सार्वजनिक भएको छ।

 

खोटाड.कै बामपन्थी बुद्धिजीवी डा.हरि रोक्काले गभर्नर अधिकारीलाई एमालेको अर्थ तथा योजना विभाग सदस्य भएकोमा नामै उल्लेख गरेर बधाई दिनुभएको छ  ।

 

सोही विभागका सदस्य ई. देउकाजी गुरुड.ले एम अधिकारी भन्ने व्यक्ति वर्तमान गभर्नर महाप्रसाद अधिकारी नै भएको र उहाँ यस अगाडिको विभागीय सदस्यको रुपमा पनि काम गरिसक्नुभएको र गभर्नर भएपछि पनि निरन्तर बैठकमा उपस्थित हुने गर्नुभएको उल्लेख गर्नुभएको छ ।

हुन त नयाँ विवाद सार्वजनिक भएपछि नेकपाको सचिवालयमा निवेदन दिएर महाप्रसाद अधिकारी नामको व्यक्ति पार्टीको विभागमा रहेको जानकारी भएकोले सो व्यक्ति आफ नभएको स्पष्ट पारिदिन वर्तमान गभर्नरले २०७२ सालमा एमालेको पार्टी कार्यालयमा निवेदन दिएपछि नेकपा एमाले सचिव कृष्णगोपाल श्रेष्ठले  सो व्यक्ति राष्ट्रबैंकमा काम गर्ने महाप्रसाद नभएर अर्कै व्यक्ति भएको व्यहोराको पत्र हालै सार्वजनिक गरिएको छ ।

तात्कालीन नेकपा फुटेर समाजवादी बनिसकेको अवस्थामा गभर्नरनको संलग्नता ढाट्न र लुकाउन सक्ने अवस्था अहिले नरहेको बताइन्छ ।

Share Now

Leave a comment.