Prakash Adhikari March 18, 2018

 

रत्ननगर(चितवन),४ चैत । नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकारले दुई तिहाईको दम्भ नदेखाउन चितवनबाट चेतावनी दिएका छन् ।

केही दिन पहिले पार्टीको केन्द्रीय कार्यालयबाट सरकारले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्न थालेकोले त्यस्ता गतिविधि रोक्न चेतावनी दिंदादिंदै प्रधानन्यायाधीशलाई तथ्यहिन आरोप लगाएर षड्यन्त्रमूलक ढंगबाट हट्न बाध्य पारिएको आरोप कांग्रेसले सत्तारुढ दलहरुमाथि लगाउदै आएको छ ।

नेपाली कांग्रेस निकट निेजामती कर्मचारी युनियनको सातौं महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकाले दुई तिहाईको ध्वाँस देखाउन थाले पनि राणा,पञ्चायत र राजतन्त्रलाई परास्त गरेको कांग्रेस स्वार्थको गठबन्धनबाट नतर्सिने बताए ।

उनले ‘सरकारले न्यायालय र कर्मचारीतन्त्र जताततै हस्तक्षेप गर्न खोजेको आरोप लगाउदै अब कांग्रेस चुप लागेर नबस्ने बताए ।

कांग्रेस निर्वाचन र संविधान कार्यान्वयनमा जिम्मेवारीपूर्वक लाग्दा चुनावमा सोचेजस्तो नतिजा ल्याउन नसकेको बताउदै कम्युनिष्ट सत्ता उनीहरुकै कारणले छिट्टै ढल्ने भएकोले संगठन मजबूत बनाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको खिलापमा सरकार जान नसक्ने बताए । उनले कांग्रेसले संविधान संशोधनको प्रस्ताव राख्दा देशद्रोह देख्नेहरु सत्ता जोगाउनका लागि मधेसवादीलाई फकाउन संविधान संसोधनको चारा फ्याकिरहेको बताए ।

वरिष्ठ नेता पौडेलले ५ बर्षपछि फेरि देशैभर नेपाली कांग्रेसको झण्डा फहराउने दाबी गरे ।

कार्यक्रममा महामन्त्री शंशाक कोइराला, नेताहरु कृष्ण सिटौला, विजयकुमार गच्छदार, कोषाध्यक्ष सीतादेवी यादवले वाम गठवन्धनबाट नतर्सिन कार्यकर्तालाई आग्रह गरेका थिए ।

युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसभित्र एकता कायम गर्न सके २०७४ को चुनावमा गुमेको साख अब आउने चुनावमा फर्काउन सकिने विश्वास व्यक्त गरेका थिए ।

Share Now

Leave a comment.