Prakash Adhikari August 11, 2022

चरिकोट(दोलखा), २६ श्रावण । लगातारको बर्षापछि दोलखाको बिगु गाउँपालिका ४ मा बुधबार पहिरो गएको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ ।

चारैतिर वर्षासहित पहिरो निरन्तर झरेपछि तत्काल उद्धारमा समस्या भएको प्रहरी नायव उपरिक्षक गंगाप्रसाद पौडेलले बताउनुभएको छ ।
बुधबार साँझको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारमा रहेका ४ । ५ वटा घरहरु पूर्ण रुपमा पुरिएको गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिनुभएको छ।

पीडितहरुको उद्धारको लागि नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन् ।

‘यहाँको अवस्था एकदमै खराब बन्दै गएको छ। पुरिएको घरहरुबाट सामान झिक्दै छौं,’ उपाध्यक्ष थामीले भन्नुभयो, ‘एउटा बस्ती नै जोखिममा परेको छ। अहिले पनि पहिरो झरेको झर्‍यै छ।’

बुधबार रातपर्नु पहिले नै पहिरो गएकोले मानवीय क्षति भने हुन पाएन।

उपाध्यक्ष थामीका अनुसार ४ । ५ घर क्षतिग्रस्त भएका छन् तर पूरै बस्ती जोखिममा छ । खोलिखिम ३० । ४० घर भएको बस्ती हो ।

बुधबार वर्षा र रात परेपछि उद्धारको कार्य रोकिएको थियो । बुधबार बिहानैबाट पहिरोले पुरिएका घरहरुमा भएका सामानहरु निकाल्ने काम भइरहेको छ ।

Share Now

Leave a comment.