Prakash Adhikari August 22, 2022

लिओ स्यान्ड्स । बीबीसी न्यूज

इस्लामाबाद(पाकिस्तान), ६ भाद्र । पाकिस्तानको प्रहरीले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ।

पूर्वप्रधानमन्त्री खानका समर्थकहरू उहाँको घरबाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति ूनियन्त्रणमा लिनेू बताएपछि देशमा तनाव चुलिएको छ।

गत एप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको मुखर आलोचक बन्नुभएको छ।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बन्नुभएका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, उहाँ पनि देशद्रोहको आरोपमा हाल हिरासतमा हुनुहुन्छ।

शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गर्नुभयो।

“तिमीहरू पनि तयार रहनु। हामी तिमीहरू विरुद्ध पनि कारबाही गर्छौँ”, उहाँले भाषणको क्रममा दुवैलाई चेतावनी दिनुभएको थियो।

प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोपलाई आधार मान्ने हो भने देशको आतङ्कवाद विरोधी कानुन उल्लङ्घन भएको हुन सक्छ।

प्रहरीले उहाँविरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री खानका सयौँ समर्थकहरू इस्लामावादस्थित उहाँको निवासबाहिर भेला भए र यदि उहाँँलाई पक्राउ गर्ने कोशिस भएमा राजधानी ूनियन्त्रणमा लिनेू बताए।

त्यहाँ उपस्थित प्रहरीले भने आफूहरू खानलाई पक्राउ गर्न नभइ शान्ति तथा सुरक्षा व्यवस्थापनका लागि त्यहाँ खटिएको बताएका थिए।

एप्रिलमा अविश्वासको मतमार्फत् खानलाई सत्ताबाट हटाएपछि पाकिस्तानी सरकार र खानबीच चुलिएको तनावबीच यो अनुसन्धान अघि बढेको हो।

खान समर्थक

खान समर्थक

त्यस समयदेखि खानले ताजा चुनावको आह्वान अनि सरकार र सेना दुवैको कडा आलोचनासहित शृङ्खलाबद्ध भाषण दिँदै देश भ्रमण गर्नुभएको छ।

शनिवार पाकिस्तानको सञ्चारमाध्यमका नियामक संस्थाले खानलाई राज्य संस्थाहरू विरुद्ध घृणा फैलाउने किसिमको भाषण गरेको आरोप लगाउँदै टीभी च्यानलहरूलाई उहाँको भाषण प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाउने घोषणा गर्‍यो।

सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको पूर्व प्रधानमन्त्री खानको दाबी छ। आइतवार उहाँले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक र्‍यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गनुृभयो।

ूइमरान खानले के अपराध गरेका छन्? म यी चोरहरूको सङ्गठनलाई कहिल्यै स्वीकार गर्दिनँ,ू उहाँले आफ्ना समर्थकहरूमाझ भन्नुभयो।

खानले सरकारले मानिसहरूलाई आफ्नो भाषण प्रत्यक्ष सुन्नबाट रोक्नको लागि युट्युबको पहुँचमा समेत रोक लगाएको आरोप लगाउनुभयो।

यस वर्षको सुरुमा अविश्वासको मतमार्फत सत्ताबाट हटाइए पनि इमरान खानले धेरै पाकिस्तानी मतदाताहरूको समर्थन पाइरहनुभएको छ।

गत महिना उहाँको पीटीआई दलले पन्जाबको एक मुख्य प्रदेशसभा नियन्त्रणमा लिएर प्रतिद्वन्द्वीहरूलाई चकित तुल्यायो। उक्त दलले सहजै जित्ने अनुमान गरिएको पीएमएलएन पार्टीलाई पराजित गरेको थियो।

धेरैले जुलाईमा भएको उप निर्वाचनको जितलाई खानको लोकप्रियताको सङ्केतको रूपमा हेरेका थिए। र, उहाँले चाहेजस्तै प्रारम्भिक चुनाव भएको खण्डमा कस्तो नतिजा आउँछ भन्ने आकलन समेत गरिएको थियो।

खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री निर्वाचित हुनुभएका खानको कार्यकालको अन्त्यमा शक्तिशाली मानिने पाकिस्तानी सेनासँग बेमेल भयो। दलका नेताहरूले शृङ्खलाबद्ध रूपमा पार्टी छोडेपछि उहाँले संसद्मा बहुमत गुमाउनुभयो।

Share Now

Leave a comment.