Prakash Adhikari September 27, 2022

काठमाडौं, ११ असोज । झण्डै साढे ४ अर्ब रुपैया नोक्सान खपेर भनेपनि काम सम्पन्न गर्न तयार भएको नारायणगढ बुटबल सडक विस्तारको ठेकेदारलार्ई सरकारले विच्काएकोे छ ।

झण्डै एक महिना पहिले सडक निर्माणको म्याद थपेको सडक विभागले आइतबार एक सूचना प्रकाशित गरी कार्तिक ५ गतेभित्र कार्यशैली नसुधारेमा ठेक्का रद्ध गर्ने चेतावनी दिएको छ ।

यो सडक खण्डको विस्तारका लागि बनाइएको दुबै प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ ।

एशियाली विकास बैंकको सहयोगमा निर्माण भैरहेको यो सडक खण्डको निर्माण सुरुमा बनको कारणले , त्यसपछि नेपाल विद्युत प्राधिकरणले सडक छेउका विद्युतका पोल नसारेको कारणले र पछिल्ला अढाइबर्ष कोरोना महामारीका कारणले प्रभावित बन्न गएको थियो । कोरोना महामारी सकिएर निर्माण कार्य सुरु गर्ने समयमा रुसले युक्रेनमाथि आक्रमण गरेर खनिज तेल र निर्माण सामग्री खास गरी फलामका डण्डीहरुकको भाउ आकासिएपछि यो आयोजना मात्रै होइन नेपालका सरकारी र निजी क्षेत्रका हरेक निर्माण परियोजनाहरु प्रभावित बनेका छन् ।

आयोजनाका नियोक्ता सडक विभाग समय थप्न तयार भए पनि यो अवधिमा अनपेक्षित कारणले खास गरी रुस-युक्रेन युद्धका कारणले बढ्न गएको खर्च ठेकेदारलाई नै भराउन उद्यत छ र ठेकेदार युद्धजस्तो काबूबाहिरको परिस्थितिका कारण उत्पन्न समस्यालाई समाधान गर्न नियोक्ताले अग्रसरता लिइदिनुपर्ने बताइरहेकोे छ ।

आयोजनासंग संबन्धित एक प्राविधिकले दिएको जानकारी अनुसार परामर्शदातो आयोजनाको निर्माण अवधि ७०० दिन(झण्डै दुई बर्ष) थप गर्न सिफारिस गरे अनुरुप नै करिब महिना दिन पहिले आयोजनाको निर्माण अवधि थपिएको थियो । तर अहिले त्यही परामर्शदाताको हवला दिएर एकाएक ठेकका तोड्ने सूचना सार्वजनिक गरिएको छ । यसले निर्माणको लागि तयार भएको ठेकेदारलाई विच्काउने र आयोजना अलपत्र पार्ने अवस्था सिर्जना हुन जाने निश्चित छ ।

ठेकेदारले आफू पुरस्कृत भएपछि निर्धारित अवधिमा ठेकका सम्पन्न गर्ने ठूलो संख्यामा जनशक्ति उतारेर निर्माण सामग्रीहरु पनि खरिद गरेको थियो । उसले चीन र अरुदेशमा जस्तो आयोजना ठेकका लागेपछि नियोक्ताले निर्माण साइट खाली गर्ने अनुमान र विश्वास गरेको थियो । तर नेपालमा उसको अनुमान फेल खायो । सडक विभागले कहिले बन देखाउने, कहिले विद्युत प्राधिकरण देखाएर उसलाई सोचेको परिणाममा जनशक्ति उतारेर काम गर्न दिएनन् ।

यस्तो प्रतिकूलतासग जुधिरहेका निर्माण व्यवसायीलाई झण्डै अढाई बर्ष कोरोना महामारीका कारण निर्माण कार्य स्थगन र सुस्त गर्न पर्यो । सडकको क्षेत्रमा काम गर्ने प्राविधिक र परामर्शदाताहरु यो समस्यासंग परिचित भएकोले उनीहरुले निर्माणको समय थप गर्न सिफारिस गरेका हुन गत चैत्रतिर पेशभएको समयावधि थप्ने प्रस्ताव विभाग र मन्त्रालयले साउनमहिनामा मात्रै स्वीकृत गरेका थिए ।

संसारभर कहिपनि पानी परेको समयमा पिच गरिदैन । नेपालमा भने बजेट सक्न असारे विकास गर्ने चलन छ ।तर अन्तर्राष्टिय स्तरका निर्माण व्यवसायीले गुणस्तर विग्रने गरी काम गर्दैनन् । साउन र भदौजस्तो पानी बछ ाढी पहिरो आउने समयमा काम गरेन भन्ने सडक विभागको आरोप नै हास्यास्पद छ । पानी परेर बाढी पहिरो आउने समयमा धरातल कमजोर हुने भएकोले सो समयमा काम नगर्न निर्देशन हुनुपर्नेमा सडक विभागले चिनिया ठेकेदारलाई उल्टो रेटिरहेको छ ।

निर्माणसंग संबन्धित प्राविधिकका अनुसार समयावधि थप्ने स्वीकृति पाएपछि ४० मिलियन झण्डै ५ अर्ब नेपाली रुपैया बराबरको खर्च उसको केन्द्रीय कार्यालयबाट निकासा गराउने प्रक्रियामा ठेकेदार रहेको थियो । तर तोड्ने सूचना सार्वजनिक भएपछि उ झस्किएको छ । आफ्नो हातबाट फुत्काउन खोजिएको यो आयोजनाका लागि उसले निच मारिदियो भने आयोजना अलपत्र पर्दछ ।

आयोजनाको ठेकका तोड्न मन्त्रीले भनेजस्तो सजिलो छैन । उसले खरिद गरेका सामान र गरेको कामको बकयौता भुक्तानीको विषय अर्बिटेशनमा जाने छ । आयोजनाले यो ठेकेदारलाई पनि भुक्तानी गर्नुपर्ने छ । नयाँ ठेकेदार चयनकालागि पुनः नयाँ ठेकका प्रक्रिया सुरु गर्नुपर्ने छ ।

अहिले अन्तर्राष्ट्रय बजारमा तेलको भाउ पनि घटिरहेको र आयोजना क्षेत्रमा जनशक्ति परिचालन गर्न सकिने अवस्था पनि सिर्जना भएकोले यही ठेकेदारलाई काम गर्न दिदा आयोजना र देश सबैलाई हित हुने देखिन्छ । यही ठेकेदारले समयमा काम गर्न सक्छ ।

ठेकेदारसम्बद्ध प्राविधिकहरु ठेकेदारले ठूलो जनशक्ति परिचालन गरेर समयमा काम सम्पन्न गर्ने उद्देश्यले धेरै स्थानमा एकसाथ काम थालेकोले धेरै सडक भत्कन गएको हो । अब काम गर्ने वातावरण बनेमा त्यतिकै द्रुत गतिमा सबै क्षेत्रमा एकसाथ काम हुनेछ । यो आयोजनालाई १८ प्रतिशत मात्रै काम भएको आरोप लगाइएको छ तर मुग्लिड. पोखरा सडक विस्तार आयोजनाको प्रगति १ प्रतिशत भन्दा कम र , गल्छी केरुड. सडक आयोजनाको प्रगति ७ । ८ बर्षमा १० प्रतिशत पनि नपुगेका ठेकेदारलाई सडक विभागले कुनै कारबाही चलाएको छैन ।
नेपालमा काम गरिरहेका सबै ठेकेदारहरुलाई अहिले कोरोना महामारी कालको बिलम्बित समय र लागत बृद्धिको समस्या परेको छ । ठेक्का सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय नियममा काबुबाहिरको परिस्थितिमा बढ्न गएकोे समय र लागतको सहुलियत ठेकेदारले पाउने प्रावधान रही आएको छ ।

नारायणगढ-बुटबल ११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने आयोजनालाई दुई खण्डमा विभाजित गरिएको छ । नारायणगढ- बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज-१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज-२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम हुँदैछ ।एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।

गैंडाकोट-दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । २०७५ पुसमा ४ बर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।

Share Now

Leave a comment.