Prakash Adhikari October 1, 2022

पोखरा(कास्की), १५ असोज । विश्व फेसन उद्योगमा सम्मानित मानिएको हल्ट प्राइजप्रति जागरण ल्याउदै फेसन डिजाइनरहरुमा प्रतिस्पर्धा गराउने उद्देश्यले पोखरा विश्वविद्यालयमा हल्ट प्राइज २०२२र२०२३ आयोजना गर्न समिति गठन गरिएको छ।

२०२३ को हल्ट प्राइज च्यालेन्ज ुरिडिजाइनिङ्ग फेसनु रहेको छ।

यस पटकको प्रतिस्पर्धालाई सुरेशराज केशरीले नेतृत्व गर्नुहुने छ । गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा यो प्रतियोगिता आयोजना भएको थियो ।

यस बर्ष क्याम्पस निर्देशकको भूमिकामा रहेर सुरजराज केशरीले टिमको नेतृत्व गर्नुहुनेछ।उहाँको साथमा क्याम्पस उपनिर्देशकको रुपमा रिवाज भूर्तेल र म्यानेजरको रुपमा किशोर पनेरु रहनुभएको छ।

यसै गरी प्रशासन पर्यवेक्षक, पहुँच पर्यवेक्षक, सञ्चार पर्यवेक्षक, वित्त सुपरीवेक्षक, प्राविधिक सुपरीवेक्षक, ग्राफिक्स सुपरीवेक्षक र सञ्चारमाध्यम बजार संयोजकममा क्रमशः विपना मरासिनी,ज्ञानेन्द्र त्रिपाठी,अभिष्का काफ्ले,अनुजा पौडेल,शास्वत कोइराला,सौगात आचार्य,उनिषा सापकोटा र विज्ञान कार्की रहनुभएको छ ।

थप कमिटिमा कलेज रिप्रिजेन्टेटिभमा उदय सिङ्ग शास कलेज, शङ्कर शाह एसओइ, सन्देश भूर्तेल एसडीएसइ रहनुभएको छ । टेक्निकल एसोसियटमा सन्दिल कार्की ,एडमिन एसोसियटमा अशीम घिमिरे, कम्नुकेसन एसोसियटमा विकास जङ्ग कुवँर,फाइनेन्स एसोसियटमा अविरल पौडेल, ग्राफिक्स एसोसियटमा विशाल मेहता,आउटरिच एसोसियट ईशा मैनाली र कन्टेन्ट एसोसियटमा सचिन घिमिरे रहनुभएको छ।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको छ ।

नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

पोशाक(फेशन) उद्योगलाई विश्वको तेस्रो ठूलो उत्पादनमूलक उद्योग मानिन्छ । यसले विश्व अर्थतन्त्रलाई २.४ ट्लिियनको योगदान गर्दछ । हरेक वर्ष झण्डै १ खर्ब ५० अर्ब लुगाहरु उत्पादन हुने अनुमान गरिएको छ । यसले ३० करोड मानिसहरुलाई रोजगारी दिएको अनुमान गरिएको छ ।

 

Share Now

Leave a comment.