काठमाडौं, १५ असोज । नाबालिक करणीको उजुरी पीडित नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान यही असोज २० गते नेपाल फर्कने भएका छन् ।
आज बिहान आफ्नो फेसबुक पेजमा एक स्टाट्स लेख्दै उनले आफूमाथि लागेको मिथ्या आरोपमा सम्मानित अदालतबाट सफाई पाउने विश्वास व्यक्त गरेका छन् ।
With great hope and strength, I hereby confirm that I am reaching to my home country Nepal on this 6th October 2022 and will submit myself to the authority of Nepal to fight a legal battle against false allegation.
I hereby reiterate that I am INNOCENT and I have complete non-shaken faith in justice system. I firmly believe over all the law enforcement authorities and honorable courts on their fair trial and adjudication and I am just hopeful to get justice at the earliest.
My dear well wishers I assure you all that I am innocent and I have not wronged you. I have recovered from unpleasant situation I went through and I have prepared myself to go through this ordeal to prove myself innocent and victim of conspiracy. I am sure all wrongful allegation charged against me will be unfolded by the span of time.?
उनी विरुद्ध एक किशोरीले गौशाला प्रहरीमा जाहेरी दर्ता गराएपछि जमैकामा क्यारेबियन प्रिमियर लिग खेल्दै गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानलाई प्रहरीले अदालतबाट पक्राउ पूर्जी लियो ।
त्यस लगत्तै उनलाई नेपाल क्रिकेट संघले कप्तानबाट निलम्बन गर्यो । राष्ट्रिय क्रिकेट संघबाट निलम्बित उनले सीपीएललाई निरन्तरता दिन पाएनन् । त्यहाँबाट पनि निकालिए ।
सन्दीपले जब स्वदेश फर्केर आउने तयारी गरिरहेको बताए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उनलाई कालो सूचीमा राख्यो । एअरपोर्टमै समातिने र कानूनी सल्लाह पनि लिन नपाउने, पत्रकार र आफ्नो खेल प्रशंसकबीच सफाई दिने मौका पनि नपाउने भएपछि सन्दीप बीचमा नै हराए । अर्थात विदेशमा लुकेर बसे ।
उनले केही दिन पहिले तनावका कारण आफू विरामी भएको भन्दै केही दिनमा नै नेपाल फर्कने कुरा फेसबुकमा नै सार्वजनिक गरेका थिए । त्यसलगत्तै नेपाल प्रहरीले उनी विरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरायो । उनी विरुद्ध एक नाबालिकले दिएको उजुरीका आधारमा भएका गतिविधि हेर्दा उनीविरुद्ध संगठित समूह नै लागेको अनुमान गर्न सकिन्छ । नेपालको प्रहरी प्रशासनले उनीसंग सम्पर्क र सोधपूछको प्रक्रिया पूरा नगरी प्रहरीले उनको नाम अभियुक्त जसरी नै सञ्चार माध्यममा, आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्जालमा सार्वजनिक गरिदियो ।
सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।
उनले भनेका छन् ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु ।
उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन् । उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन् ।