Prakash Adhikari March 22, 2018

काठमाडौं, ८ चैत्र । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुलाई आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारी र सपना मल्ल प्रधानको इजलासले यस्तो निर्देशनात्मक आदेश दिएको हो ।

सर्वोच्चले नागरिकहरुको मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र त्यसका लागि आवश्यक तयारी गर्न पनि निर्देशनात्मक आदेश दिएको छ ।

वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्चमा रिट दायर गरेको थियो ।

Share Now

Leave a comment.