Prakash Adhikari October 25, 2022

लण्डन(संयुक्त अधिराज्य), ८ असोज(बीबीसी) । ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उहाँ औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्नुभएको छ।

राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बन्नुभएको हो ।

सुनक बेलायतका पहिलो ब्रिटिश(एशियाली प्रधानमन्त्री हुनुहुन्छ।

उहाँ यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुनुहुन्छ।

दुई शताब्दीको अवधिमा ४२ वर्षीय सुनक सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गर्नुभएको छ।

सुनकले के भन्नुभयो ?
डाउनिङ स्ट्रीटबाट देशका नाममा सम्बोधन गर्दै सुनकले आफ्ना पूर्ववर्तीले गरेका केही गल्तीहरू सुधार्ने काम तत्काल सुरु हुने बताउनुभएको छ।

उहाँले भन्नुभयो, ूहाल हाम्रो देशले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ।ू

सुनकले बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका अभूतपूर्व उपलब्धिहरूप्रति सधैँ धन्य रहने समेत बताउनुभयो।

ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो।

ट्रसका उत्तराधिकारी

त्यससँगै निवर्तमान प्रधानमन्त्री लिज ट्रस आधिकारिक रूपमा बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यभार सम्हाल्ने प्रधानमन्त्री बन्नुभएको छ।

ट्रस

ट्रस

ट्रसले यसअघि दिएको एक छोटो बिदाइ मन्तव्यमा कर कटौतीको माध्यमबाट आर्थिक अप्ठ्यारा कम गर्ने आफ्नो प्रयासको बचाउ गर्दै नेताहरू साहसी हुनु पर्ने धारणा राख्नुभयो।

यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि सुनक यसपालि विजयी हुनुभएको हो ।

सोमवार टोरी सांसदहरूले कन्जर्भेटिभ दलको नेता चयन गरेपछि सुनकले देशले गहिरो आर्थिक चुनौती सामना गरिरहेको बताउनुभएको हो।

उहाँले लेबर, स्कटिश न्याशनल पार्टी, लिबरल डेमोक्र्याट र ग्रिन पार्टीको आह्वानको बाबजुद पनि प्रारम्भिक आम निर्वाचनलाई अस्वीकार गर्नुभएको छ।

 

Share Now

Leave a comment.