Prakash Adhikari October 26, 2022

काठमाडौं, ९ कार्तिक । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं) ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराउनुभएको  थियो।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उहाँले भन्नुभयो।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।

नेपाल संवत् ११४३ को उपलक्ष्यमा शङ्खधर साख्वाः प्रतिष्ठानले बुधबार मध्यपुुरथिमि, भक्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सरिक हुनुभयो । आजै काठमाडौंमा ज्यापु समाजले पनि नेपाल सम्वत्का अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

नेपाल संवत्को अवसरमा आज काठमाडौँको वसन्तपुरमा विभिन्न झाँकी र र्‍याली निकालिएको छ ।

आजै तारकेश्वरमा पनि बाजागाजासहित र्याली निकालिएको छ ।

नेपाल सम्वत्का अवसरमा राष्ट्रपति,प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिनुभएको छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएको थियो।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो।
कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ।

आज नेवार समुदायमा म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्।

आजै नेवार समुदायले आत्म (म्हः) पूजा गरिँदै - Sankalpa Khabar

यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ। भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ। यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः ९आत्म० पूजा गरेका छन्। अर्काथरीले भने आज बुधबार गर्दै छन्।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।

 

दुई दिन आत्म (म्हः) पूजा गरिँदै ! « Dainik Online

Share Now

Leave a comment.