काठमाडौं, ६ मंसिर । काठमाडौं प्रतिनिधि सभा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ ।
उहाँले आफ्ना प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रलाई १ सय २८ मतले पराजित गर्नुभएको छ ।
काठमाडौं क्षेत्र नं १ प्रतिनिधी सभा तर्फ १३३ मतले अन्तरमा प्रकाशमान सिंह विजयी ।@PMSinghNC @Sirjana_Singh @rajbiraj11 @SwarnimWagle @thapagk @paudelpradipNC @ArjunNarasingha @atulkoirala pic.twitter.com/dVlk9nXKat
— 𝕿𝖊𝖏 𝕻𝖗𝖆𝖘𝖆𝖉 𝕷𝖆𝖒𝖎𝖈𝖍𝖍𝖆𝖓𝖊 (@TejSharma1971) November 21, 2022
सिंहले ७ हजार १ सय ३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी सिंहले ७ हजार ११ मत पाउनुभयो ।
यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जित्नुभएको थियो ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं १ मा आएर जितेपछि उहाँले यहाँबाटै निरन्तर चौथो विजयी हुनुभएको हो ।
यसअघि २०७४ को चुनावमा सिंह १० हजार ९ सय ३७ मतका साथ विजयी हुनुभएका सिंहले तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई पराजित गर्नुभएको थियो । त्यसबेला मिश्रले १० हजार १ सय १८ मत पाएर दोस्रो हुनुभएको थियो ।
यो विजयसंगै नेपाली कांग्रेसले काठमाडौं उपत्यकामा प्रतिनिधि सभामा विजयको खाता खोलेको छ ।


















