Prakash Adhikari November 29, 2022

 

काठमाडौं, १३ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको ९० प्रतिशत मतगणना सकिँदा सातवटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ।

सीके राउत नेतृत्वको जनमत पार्टीले पनि मतगणना सकिन लाग्दा समानुपातिकतर्फ सिट पाउनका लागि आवश्यक न्युनमत मत पाएको छ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि तीन प्रतिशतको सीमानजिक पुगे पनि राष्ट्रिय पार्टी बन्ने वा नबन्ने अझै निश्चित भइसकेको छैन।

यो निर्वाचनबाट प्रत्यक्षतर्फ सात सिट जितेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि कांग्रेस र एमालेपछि माओवादी हाराहारीमा मत ल्याएर राष्ट्रिय दल बन्ने सुनिश्चित गरिसकेको छ।

यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले समानुपातिकतर्फको ९८ लाखभन्दा केही बढी मत गणना गरिसकेको छ।

दोलखाका केही मतदान केन्द्रमा पुनः मतदान हुन लागेकाले यो जिल्लाभरिको समानुपातिक मतगणना भएको छैन।

त्यस्तै बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को पनि मतगणना सुरु भएको छैन। बाँकी स्थानमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

दोलखामा १ लाख ६१ हजार मतदाता सङ्ख्या छ भने बाजुरामा ८३ हजार मतदाता छन्। त्यस्तै स्याङ्ज २ मा १ लाख १६ हजार मतदाता छन्।

देशभरको औसत मतदान ६१ प्रतिशत रहेको निर्वाचन आयोगले जनाएको छ।

मतगणना सुरु नभएका जिल्लाहरू पहाडी भएका कारण यहाँ यसअघि भएका मतदानमा औसतभन्दा कम मतदाता सहभागी भएको हुनसक्ने अधिकारीहरू बताउँछन्।

मतदान हुन बाँकी रहेका स्थानमा चाहिँ कति मतदाता सहभागी हुन्छन् निश्चित छैन।

 

कुन कुन दल राष्ट्रिय पार्टी बन्छन् ?
निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फ मतगणनाको नतिजा आयोगको प्रणालीमा समावेश गर्ने क्रम जारी छ।

“अहिलेसम्म करिब ९० प्रतिशत गणना सकियो र मतदान सकिएका क्षेत्रहरूको बाँकी मतगणना पनि अबको केही दिनभित्रै सकिन्छ”, उहाँले भन्नुभयो , “अहिलेसम्मको अवस्था हेर्दा ६ वटा राजनीतिक दलहरूले तीन प्रतिशत मत कटाउने देखिएको छ भने अरू केही दलहरूको यसै भन्न सकिने अवस्था छैन।”


प्रतिनिधि सभा
जम्मा मत: ९९,५२,५५१
Symbol
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२६,८१,७७७
Symbol
नेपाली काँग्रेस
२५,३३,७३७
Symbol
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,४२,३९७
Symbol
राष्ट्रिय स्वतन्त्र पार्टी
१०,९६,२७९
Symbol
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,६७,४४४
Symbol
जनता समाजवादी पार्टी, नेपाल
३,८६,२१८
Symbol
जनमत पार्टी
३,४४,४०६
Symbol
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,८०,६६३
Symbol
नागरिक उन्मुक्ति पार्टी
२,४७,६४२
Symbol
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४७,०४१
Symbol
नेपाल मजदुर किसान पार्टी
७३,५५९
Symbol
हाम्रो नेपाली पार्टी
५३,७५९
Symbol
मंगोल नेशनल अर्गनाइजेशन
४७,७५०
Symbol
राष्ट्रिय जनमोर्चा
४५,६३४
Symbol
नेपाल संघीय समाजवादी पार्टी
३९,६३९
Symbol
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२९,६०१
Symbol
राष्ट्रिय जनमुक्ति पार्टी
२३,३३२
Symbol
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,६०९
Symbol
जनता प्रगतिशिल पार्टी, नेपाल
१७,५६८
Symbol
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,३४७
Symbol
बहुजन एकता पार्टी नेपाल
१६,२५६
Symbol
नेपाली काँग्रेस (बी.पी.)
११,८४२
Symbol
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
११,४५५
Symbol
नेपाली जनता दल
९,३९६
Symbol
नेपालका लागि नेपाली पार्टी
८,०४१
Symbol
नेपाल कम्युनिष्ट पार्टी
७,३८४
Symbol
नेपाल जनता पार्टी
७,०६६
Symbol
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,०३६
Symbol
नेपाल लोकतान्त्रिक पार्टी
६,९४६
Symbol
बहुजन शक्ति पार्टी
६,९१८
Symbol
मितेरी पार्टी नेपाल
६,७६७
Symbol
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,२९५
Symbol
जनजागरण पार्टी नेपाल
६,१२४
Symbol
जनसमाजवादी पार्टी, नेपाल
५,६३५
Symbol
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,६१६
Symbol
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
४,५१०
Symbol
विवेकशील साझा पार्टी
३,८८४
Symbol
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,५९९
Symbol
एकीकृत शक्ति नेपाल
३,३४१
Symbol
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,१७५
Symbol
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,१५३
Symbol
मौलिक जरोकिलो पार्टी
३,०८८
Symbol
तराई मधेश लोकतान्त्रिक पार्टी
३,०५२
Symbol
नेपाल समावेशी पार्टी
२,६३६
Symbol
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,०८०
Symbol
नेश्‍नलिष्ट पिपल्स पार्टी
१,९५६
Symbol
राष्ट्रिय नागरिक पार्टी
१,८९८

सीके राउत नेतृत्वको जनमत पार्टीले ३ प्रतिशत मत पुर्‍याएको छ भने माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले हालसम्म २.७६ प्रतिशत मत ल्याएको छ।

दुवै दलले प्रत्यक्षमा पनि सिट पाएका कारण समानुपातिकमा मतगणनाको अन्तिम समयसम्म तीन प्रतिशत बढी मत कायम राख्न सकेमा राष्ट्रिय दल बन्नेछन्।

मतगणनाको सुरुवाती चरणबाटै एकीकृत समाजवादीले दुई प्रतिशत माथि तर तीन प्रतिशत भन्दा कम मत पाइरहेको छ।

सुरुवाती चरणबाटै ३ प्रतिशतभन्दा कम मत पाएको जनमत पार्टीले मङ्गलवार बिहानसम्म ३ प्रतिशत कायम गरेको निर्वाचन आयोगको विवरणले देखाउँछ।

समानुपातिक मतगणनाको विश्लेषण गरिरहेका नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल जनमत पार्टी र एकीकृत समाजवादी दुवै राष्ट्रिय दल बन्ने दोसाँधमा रहेको बताउनुभयो।

उहाँका अनुसार बाँकी ठाउँमा आउने मतले अब उनीहरूको भविष्य निर्धारण गर्छ।

केही पहाडी जिल्लामा मतगणना सुरु नै नभएका कारण जनमत भन्दा समाजवादी अगाडि आउने सम्भावना रहेको रिजाल बताउनुहुन्छ।

“उनीहरूमध्ये कुनै दलले तीन प्रतिशत मत कटाउने बित्तिकै कम्तीमा तीन सिट पाउँछन्”, रिजालले भन्नुभयो।

मतगणना

मतगणना

निर्वाचन आयोगले १ करोड ६ लाख मतको आसपासबाट ३ प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसदमा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्ने आकलन गरेको छ।

कुल सदर मतको तीन प्रतिशत मत ३ लाख २० हजार हाराहारी हुनसक्ने ठानिएको छ।

अरू दलले कति ल्याउँछन् ?
३ प्रतिशतभन्दा कम मत ल्याउने दलहरूले पाएको मत समानुपातिक सिट बाँडफाँटमा गणना हुँदैन।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत ‘दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन’ भन्ने व्यवस्था उल्लेख छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन्।

रिजालका अनुसार अहिलेकै दरमा दलहरूले मत पाइराख्ने हो भने समानुपातिकमा सबैभन्दा धेरै सिट नेकपा एमालेले पाउँछ।

हालसम्म एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले कुल सदर मत हुनसक्ने आकलन गरिएको मतको तीन प्रतिशत कटाइसकेका छन्।

“यही दरले मत परिणाम अन्तिमसम्मै जाने हो भने छवटा राष्ट्रिय दल बन्छन्। एमालेले ३५ सिट, कांग्रेसले ३३ सिट, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले १५-१५ सिट पाउँछन्। राप्रपाले आठ र जसपाले चार सिट पाउने सम्भावना छ”, उनले भने।

“तर यो अन्तिमसम्म पुग्दा केही तलमाथि पनि हुनसक्छ र अर्को थप दलले तीन प्रतिशत कटायो भने ती छवटा पार्टीले पाउने सिटबाटै त्यो दललाई सिट बाँडिने हो।”

राष्ट्रिय दल हुँदा र नहुँदा के फरक पर्छ ?

जानकारहरू राष्ट्रिय दल हुँदा र नहुँदा धेरै फरक चाहिँ नपर्ने बताउँछन्।

राष्ट्रिय दलले अर्को निर्वाचन सम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित गर्न पाउने कानुनी व्यवस्था छ।

सीके राउत नेतृत्वको जनमत पार्टीले ३ प्रतिशत मत पुर्‍याएको छ भने माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले हालसम्म २.७६ प्रतिशत मत ल्याएको छ।

दुवै दलले प्रत्यक्षमा पनि सिट पाएका कारण समानुपातिकमा मतगणनाको अन्तिम समयसम्म तीन प्रतिशत बढी मत कायम राख्न सकेमा राष्ट्रिय दल बन्नेछन्।

मतगणनाको सुरुवाती चरणबाटै एकीकृत समाजवादीले दुई प्रतिशत माथि तर तीन प्रतिशत भन्दा कम मत पाइरहेको छ।

सुरुवाती चरणबाटै ३ प्रतिशतभन्दा कम मत पाएको जनमत पार्टीले मङ्गलवार बिहानसम्म ३ प्रतिशत कायम गरेको निर्वाचन आयोगको विवरणले देखाउँछ।

समानुपातिक मतगणनाको विश्लेषण गरिरहेका नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल जनमत पार्टी र एकीकृत समाजवादी दुवै राष्ट्रिय दल बन्ने दोसाँधमा रहेको बताउँछन्।

उनका अनुसार बाँकी ठाउँमा आउने मतले अब उनीहरूको भविष्य निर्धारण गर्छ।

केही पहाडी जिल्लामा मतगणना सुरु नै नभएका कारण जनमत भन्दा समाजवादी अगाडि आउने सम्भावना रहेको रिजाल बताउँछन्।

“उनीहरूमध्ये कुनै दलले तीन प्रतिशत मत कटाउने बित्तिकै कम्तीमा तीन सिट पाउँछन्,” रिजालले भने।

मतगणना

तस्बिर स्रोत,RSS

निर्वाचन आयोगले एक करोड ६ लाख मतको आसपासबाट तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्ने आकलन गरेको छ।

कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार हाराहारी हुनसक्ने ठानिएको छ।

अरूदलले कति ल्याउँछन्?

तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूले पाएको मत समानुपातिक सिट बाँडफाँटमा गणना हुँदैन।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत “दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन” भन्ने व्यवस्था उल्लेख छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन्।

रिजालका अनुसार अहिलेकै दरमा दलहरूले मत पाइराख्ने हो भने समानुपातिकमा सबैभन्दा धेरै सिट नेकपा एमालेले पाउँछ।

 

संसद् सचिवालयले राष्ट्रिय दल नभए पनि दुई जनाभन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय सहितका सुविधा उपलब्ध गराउने अभ्यास रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो।

“दुईवटा सिट भएका दलहरूलाई छुट्टै संसदीय दलको कार्यालय दिने गरिएको छ। १० भन्दा बढी सिट भएका दलहरूले सचेतकका लागि सचिवालय र सुविधा पाउँछन्। सङ्घीय संसद् सुविधा ऐनले राष्ट्रिय दल भएका र नभएका दलहरूलाई दिइने सुविधा अलग गरेर छुट्ट्याइएको छैन”, उहाँले भन्नुभयो।

राष्ट्रिय दल नभए पनि आफ्ना सांसदहरूलाई पार्टीले दलको ह्वीप लगाउन सक्ने यसअघिको संसदीय नजिरबाट स्थापित भइसकेको कतिपयको बुझाइ छ।

यसअघि गण्डकी प्रदेशको प्रदेशसभाका सदस्य कृष्ण थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले ह्वीप उल्लङ्घन गरेको आरोपमा पदमुक्त गर्ने निर्णय गरेको थियो जसलाई सर्वोच्च अदालतले सदर गरिदिएको थियो।(बीबीसीबाट)

Share Now

Leave a comment.