Prakash Adhikari December 10, 2022

 

काठमाडौं, २४ मंसिर । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन तयार देखिएको छ ।

शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

 

पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिनुभयो ।

पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।

 

Share Now

Leave a comment.