
काठमाडौं, ३ पौष । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले संस्थामा रिक्त पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
निगमले चौथो तहका सहायकदेखि वरिष्ठ प्राविधिक सातौंसम्मका रिक्त पदहरुमा १ सय ३८ जनाको लागि आवेदन माग गरेको हो ।
निगमले वरिष्ठ प्राविधिक पदका लागि ७ जना, अधिकृत तह छैटौं पदतर्फ प्रशासन -सामान्य प्रशासनतर्फ २८ जना, लेखा अधिकृततर्फ ११ जना, प्रशासन -सामान्य प्रशासन -कानूनतर्फ १२ जना कर्मचारी माग गरेको छ ।
यस्तै, निगमले वरिष्ठ सहायक पाँचौ तह प्रशासन -सामान्य प्रशासन पदका लागि २२ जना, वरिष्ठ सहायक पाँचौ तहका लागि प्रशासन-लेखा पदका लागि ८ जना कर्मचारी माग गरेको छ ।
वरिष्ठ प्राविधिक(एभियोनिक्स) पदका लागि ११ जना, वरिष्ठ प्राविधिक(एयरफ्रेम एण्ड इन्जिन) पदका लागि १० जना, वरिष्ठ प्राविधिक (इलेक्ट्रिकल) र सिनियर ग्राउन्ड इक्युपमेन्ट अपरेटर पदका दागि निगमले एकरएक जना कर्मचारी माग गरेको छ ।
यस्तै, निगमले सहायक पदका लागि ३६ जना र लेखा सहायक पदका लागि एक जना कर्मचारी माग गरेको छ ।
खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ । २१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ ।
योग्यता पुगेका उम्मेदवारहरुले निगमको अनलाइन दरखास्त प्रणालीमार्फत आवश्यक विवरण भरी उक्त प्रणालीमा रहेको कनेक्ट आइपीएस भुक्तानी प्रणालीमार्फत आवेदन दिन सकिने निगमले जनाएको छ ।
पूरा विज्ञापन हेर्ने तल क्लिक गर्नुहोलाः
https://www.nepalairlines.com.np/storage/notice/2022/12/1671118498_1671118498.pdf