Prakash Adhikari December 18, 2022

काठमाडौं, ३ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे पार्टी सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गर्नुभएको छ ।

तात्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधान, लोकतन्त्र र राज्य संरचनाहरु ध्वस्त पार्दै अधिनायकवादी शासन व्यवस्थाको अभ्यास गरिरहेको अवस्थामा विघटित प्रतिनिधि सभालाई पुनस्थापना गराउने सफलता पाउनुभएका प्रधानमन्त्री देउवाले देशमा सुशासन कायम गर्दै स्थानीय निर्वाचन र प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । नेपाली कांग्रेसलाई संसदमा सबैभन्दा ठूलो दल बनाउने श्रेय लिनुभएका प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ ।

निर्वाचन पछाडि गठबन्धन गर्ने झन्झट नहोस् भनेर नेपाली कांग्रेसले आफ्नो मत खन्याएर जिताएको नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अहिले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाबी गर्दै हिड्नुभएको छ । तर सरकार गठनमा संसदका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले काँध नथापिकना उहाँ प्रधानमन्त्री बन्न सक्नुहुन्न ।

२०७४ सालमा आधा आधा समय प्रधानमन्त्री बन्ने गरी नेकपा एमालेसंग गठबन्धन र पछि पार्टी एकीकरण गरेपनि तात्कालिन प्रधानमन्त्री के.पी. ओलीले प्रधानमन्त्री नदिएपछि पार्टी विभाजन गर्न ववण्डर गर्ने प्रचण्डलाई आफ्नो राजनीति दाउमा लगाएर बचाएको एमालेको शीरमा राखेर एमाले अध्यक्ष के.पी. शर्मा ओलीले पहिले प्रधानमन्त्री दिनुहुने संभावना शून्य बराबर रहेको छ ।

यसैले कांग्रेसलाई तर्साउन एमाले कार्ड अगाडि सारे पनि ओली जीवित रहुञ्जेल एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने संभावना छैन । प्रचण्ड घुमिफिरी कांग्रेसकै गठबन्धनमा आलोपालो दोस्रो प्रधानमन्त्री बन्न आउने निश्चित छ ।

यसैले कांग्रेसले गठबन्धनकै सरकार बनाउन प्रयास गर्ने निर्णय गर्ने संभावना बढी देखिन्छ ।

Share Now

Leave a comment.