Prakash Adhikari March 26, 2018

काठमाडौं, १२ चैत्र । नेपाली क्रिकेट टीमका पूर्व अध्यक्षहरुले एक दिवसीय क्रिकेट राष्टको मान्यताप्राप्त गरिसकेको अवस्थामा नेपाली क्रिकेटलाई समन्वय गर्ने निकाय नेपाल क्रिकेट संघको विवाद अविलम्ब समाधान गर्न आग्रह गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले नेपाली क्रिकेटको अभभिावक विहिन दिनको अन्त गर्न आग्रह गरेका हुन्।

पूर्व कप्तानहरुले उपलब्धी जोगाउँदे थप सफलता हासिल गर्न क्रिकेटको आधिकारीक तथा नियमक निकाय अत्यावश्यक भएको बताएका छन् ।

नेपालका क्रिकेट खेलाडीहरुको हकहितका लागि गठित क्रिकेट खेलाडी संघको नयाँ कार्यसमिती चयनपछि राष्टिय टीमका छ जना पूर्व कप्तानहरुले सामुहिक रुपमा यस्तो विचार सार्वजनिक गरेका हुन् । उनीहरुले खेलाडीहरुको प्रयासले मात्र क्रिकेटको विकास हुन नसक्ने निश्कर्ष निकाल्दै सम्बन्धित सबै पक्षलार्य जिम्मेवार हुन आग्रह गरेका हुन्।

पूर्व कप्तानहरु लेखबहादुर क्षेत्री, राजु खड्का, पवन अग्रवाल, डा. मनिषराज पाण्डे र वर्तमान कप्तान पारस खड्काले नेपालले एक दिवसीय राष्ट््रको मान्यता प्राप्त गरिसकेको अवस्थामा क्रिकेटको समन्वय गरी खेलको स्तरमा सुधार ल्याउन नियमनकारी निकायको आवश्यकता रहेको बताए ।

उनीहरुले आइसीसीले दिएको समय सिमाभित्रनै सबै काम सम्पन्न गर्न आग्रह गर्दै भनेका छन, अन्यथा खेलको विकासको लागि हामीले नै कुनै विकल्पका विषयमा सोच्नु पर्ने अवस्था आउन सक्छ ।

क्रिकेटका कप्तानहरु तत्कालै कुनै हस्तक्षेप गर्ने योजना नभएको स्पष्ट पार्दै आफूहरुले चाहेको भएमा दुई वर्ष अघिने हस्तक्षेप गर्न सकिने अवस्था रहेको पनि उल्लेख गरेका थिए ।

नेपाली टीमका वर्तमान र पूर्व कप्तानहरुले क्रिकेट विकासमा खेलाडीहरुको हकहितका लागिनै क्रिकेट खेलाडी संघ गठन गरिएको बताए । उनीहरुले नेपालको नियमनकारी निकाय नहुँदा तलब समेत पाउन नसेकको गुनासो गरेका थिए।

पूर्व कप्तान डा. मनिष पाण्डेले खेलाडीहरुले क्यान नहुँदापनि सफल्ता हासिल गरिरहेको अवस्थामा अब पनि मौन रहने हो भने क्रिकेट पुन ओरालो लाग्ने तर्फ चिन्ता ब्यक्त गरेका थिए ।

त्यस्तै लेखबहादुर क्षेत्रीले क्रिकेट विकासमा लागेकाहरुले अझैपनि अटेर गरिहेको र त्यसले थप समस्यातर्फ नेपाली क्रिकेटलाई लाने खतरा रहेको भन्दै जतिसक्दो चाँडो समय सिमाभित्रनै इलेक्टेड बडी आवश्यक रहेको बताए ।

अर्का पूर्व कप्तानपवन अग्रवालले वन्द सत्रमानै अबको निकासका लागि पनि क्रिकेट खेलाडी संघले दबाब दिने विषय प्रवेश गरेको भन्दै चाँडो समस्या समाधान गरेर अघि बढ्न सबै पक्षलाई आग्रह गरे ।

पूर्व कप्तान राजु खड्काले बाध्य भएर खेलाडीको आवाजका लागि संघ गठन भएको र यस्तो अवस्था आउनु र खेलाडीले नै खेलाडीको लागि संघर्ष गर्नु कठिन अवस्था भएको पनि बताए ।

पूर्व कप्तान तथा यु(१९ टिमका प्रशिक्षक समेत रहेका विनोद दासले पनि अब सबै निकाय जिम्मेवार भएर नेपाली क्रिकेट विकासका लागि लाग्ने समय आएको बताएका थिए।

नेपाली राष्टिय टीमका कप्तान पारस खड्काले तत्काल विधान पारित गरेर नयाँ कार्यसमिती चयन गर्न आग्रह गरे । उनले क्रिकेटको विकासका लागि गम्भीर ढंगले सोच्न सबैलाई आग्रह समेत गरेका थिए ।

Share Now

Leave a comment.