काठमाडौं, १९ माघ । आजबाट प्रतिनिधिसभा सदस्यहरूका लागि २ दिने अभिमुखीकरण कार्यक्रम हुँदैछ।
बिहीवार र शुक्रवार हुने अभिमुखीकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा आज ११ बजेबाट शुरु हुने जनाइएको छ।
नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संसद सचिवालयले जनाएको छ।


















