Prakash Adhikari February 2, 2023

काठमाडौं, १९ माघ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेशराज पोखरेललाई नै दोस्रो कार्यकालका लागि नियुक्ति दिइएको छ ।

बैंकको सञ्चालक समितिले पोखरेललाई ४ वर्षे कार्यकालका लागि पुनर्नियुक्ति दिएको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पोखरेललाई पुनर्नियुक्ति दिइएको बैंकले जनाएको छ ।

पोखरेलको कार्यकाल चैत १८ गते सकिन लागेको थियो । पोखरेलले २०७५ चैत १८ गतेदेख्रि बैंकको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति पाउनुभएको थियो।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले २०६५ साल देखि नै दोस्रो वरियतामा रहेर बैंकमा कार्यरत हुनुहुन्छ ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।

बैंकका स्थापनाकालका सीईओ राजनसिंह भण्डारीको दुई कार्यकाल समाप्त भएपछि २०७५ सालमा पोखरेलले सीईओको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

Share Now

Leave a comment.